नेभिगेशन
समाज

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

धादिङ । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ ।

गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै बाहिर निकालिएको र उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

Ncell
Extreme Energy

पर्याप्त उद्धार सामग्रीको अभाव र अपठ्यारो स्थान भएकाले समयमा उद्धार गर्न कठिन भएको उनको भनाइ छ । “मलाई बचाउनुहोस् भन्दै यात्रु चिच्याइरहेका थिए । हामीसँग तुरुन्तै बस उठाउन सक्ने वा काट्न सक्ने कुनै उपकरण थिएन । धेरै समय सान्त्वना दिएर राख्यौँ, जनेरेटरसहितको मेसिन लगेर बसको साइलेन्सर र पछाडिको टायरपट्टिको भाग काटेर मानन्धरलाई बाहिर निकाल्यौँ,” प्रहरी उपरीक्षक खड्काले भने, “उपचारका लागि काठमाडौँ रिफर गरिएको छ, उहाँको अवस्था सामान्य नै देखिएको छ ।”

पोखराबाट काठमाडौँ आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग२ख १४२१ नम्बरको बस धादिङमा दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा परीक्षणका लागि राखिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति

सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति

सरकारसँग सहमति भएसँगै  लघुवित्त पीडितले अनसन तोड्ने भएका छन् ।
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तसहितको आयोगको बैठकले के गर्‍यो निर्णय?

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तसहितको आयोगको बैठकले के गर्‍यो निर्णय?

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की, आयुक्त गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले पद बहाली गर्दै बसेको आयोगको बैठकले संसदमा पेस हुने क्रममा रहेको एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा...
सुनसरी घटनाका मृतकको शव परिवारले बुझे, आजै अन्त्येष्टि गर्ने तयारी

सुनसरी घटनाका मृतकको शव परिवारले बुझे, आजै अन्त्येष्टि गर्ने तयारी

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव शुक्रबार साँझ परिवारले बुझेको छ । उनीहरुको शव विराटनगरस्थित कोशी अस्पतालमा थियो ।
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।