नेभिगेशन
समाज

धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल गठन

दुर्घटनामा बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते

काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ ।

आज गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर सङ्घलगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

Ncell
Extreme Energy

कार्यदललाई बस दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ । उनका अनुसार उक्त दुर्घटनामा बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत स्थानीय बासिन्दाको समन्वयमा घटनास्थलमा उद्धारकार्य तदारुकताका साथ अगाडि बढाइएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा ज्यान गुमाउनेको शव नदीबाट निकालिएको एवं मृतकको सनाखत प्रक्रिया जारी रहेको, घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइसकिएको र प्रभावकारी उपचारका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रवक्ता काफ्लेले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति

सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति

सरकारसँग सहमति भएसँगै  लघुवित्त पीडितले अनसन तोड्ने भएका छन् ।
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तसहितको आयोगको बैठकले के गर्‍यो निर्णय?

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तसहितको आयोगको बैठकले के गर्‍यो निर्णय?

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की, आयुक्त गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले पद बहाली गर्दै बसेको आयोगको बैठकले संसदमा पेस हुने क्रममा रहेको एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा...
सुनसरी घटनाका मृतकको शव परिवारले बुझे, आजै अन्त्येष्टि गर्ने तयारी

सुनसरी घटनाका मृतकको शव परिवारले बुझे, आजै अन्त्येष्टि गर्ने तयारी

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव शुक्रबार साँझ परिवारले बुझेको छ । उनीहरुको शव विराटनगरस्थित कोशी अस्पतालमा थियो ।
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।