नेभिगेशन
समाज

घण्टी बजाएको भन्दै एमाले कार्यकर्ताले गरे विद्यार्थीमाथि कुटपिट (भिडियो)

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलमा नेकपा एमालेका कार्यकर्ताले विद्यालय पोसाकमै रहेका विद्यार्थीमाथि कुटपिट गरेका छन्।

एमालेको झन्डा बोकेका कार्यकर्ताको समूहले पसलभित्रै पसेर विद्यार्थीहरूलाई कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घटना अत्तरखेलस्थित केक कर्नर एण्ड बेकरीमा भएको हो।

Ncell
Extreme Energy

स्थानीयका अनुसार विद्यालयको पोसाकमा रहेका विद्यार्थीहरू पसलमा चिया खाइरहेका बेला एमालेको ‍र्याली बाटोमा आएको थियो । त्यसपछि विद्यार्थीहरूले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह  ‘घण्टी’ बजाएका थिए । 
त्यसपछि एमाले कार्यकर्ताहरू रिसाए र पसलभित्रै पसेर विद्यार्थीमाथि हातपात गरेको भिडियोमा देखिन्छ । 

कुटिने विद्यार्थी ‘इस्ट पोल स्कुल’ मा कक्षा १० मा अध्ययनरत हुन्।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि चासो देखाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । आज अपराह्न १ः०० सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।
आज कहाँकहाँका सडक छन् अवरूद्ध ?

आज कहाँकहाँका सडक छन् अवरूद्ध ?

यी स्थानमा आज भारी वर्षा हुने

यी स्थानमा आज भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।