नेभिगेशन
समाज

कप्तान भण्डारीलाई कांग्रेसको आर्थिक सहयोग

काठमाडौँ । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि रु पाँच लाख सहयोग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलवार विज्ञप्ती जारी गरी साम्बा घुँडाको गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा रहेको उल्लेख गर्दै उहाँको उपचारका लागि पार्टीको तर्फबाट उक्त सहयोग गरेको जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साम्बाको उपचारका लागि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङलाई टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नं ३४४०१०१०००११३७ मा सो नगद जम्मा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Ncell
Extreme Energy

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान गर्नुभएका प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ प्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको र यतिबेला हामी सबैले उहाँलाई साथ दिन जरुरी रहेको बताए । सभापति थापाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

त्यस्तै काठमाडौँ मेडिकल कलेज (केएमसी)ले राष्ट्रिय कप्तान साम्बाको निःशुल्क उपचार गरिदिने भएको छ । सो अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले विज्ञप्ती जारी गरी कप्तान साम्बाको निःशुल्क उपचार गरिदिने जानकारी दिए ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज जनैपूर्णिमा पर्व मनाइँदै

आज जनैपूर्णिमा पर्व मनाइँदै

देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ ।
नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको छ।...
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...