नेभिगेशन
मुख्य समाचार
चुनावमा चियाचर्चा

चिया पसलदेखि चोक–चोकसम्म चुनावी छलफल, मत परिवर्तनको चर्चा

चिनेजानेका हुन् वा पहिलोपटक भेटिएका, दुई जनामात्रै भेटिए पनि कुरा सुरु भइहाल्छ, चुनावको

कपिलवस्तु। भोट हाल्ने दिन आउन ९ दिन बाँकी रहँदा चुनावले नछोएको को होला र ? किसानदेखि उद्योगीसम्म, विद्यार्थिदेखि पेशाकर्मीसम्म सबै सबैलाई चुनाव लागेको छ। कसैलाई भोट माग्नु छ, कसैलाई भोट तान्नु छ, सबैलाई आ आफ्नै चटारो छ।

चिनेजानेका हुन् वा पहिलोपटक भेटिएका, दुई जनामात्रै भेटिए पनि कुरा सुरु भइहाल्छ, चुनावको।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुराको टिम कपिलवस्तुको बाणगंगा नगरपालिका २ पिपरास्थित एक चियापसलमा पुग्दा चुनावकै कुरा भइरहेको छ। सिधाकुरा पनि त्यहीँ मिसियो र धारणा बुझ्ने प्रयास गर्यो ।

Marvel
Extreme Energy

स्थानीय राजनीतिकर्मी बुद्धिजीवी, अगुवा, उद्योगीदेखि पेशाकर्मीहरुसँग सिधाकुराले गरेको चिया कुराकानीमा सहभागी अधिकांशले आफ्नो कुरा खुलेरै राखे। कुनैबेला आरोप–प्रत्यारोप चल्थ्यो, दलका कार्यकर्ताहरुका बीचमा मारमार नै चल्थ्यो, तर, अहिले सौहाद्र्रपूर्ण रुपमा छलफल हुन्छ, आफ्नो कुरा सबैले ढुक्कसँग राख्छन्, अरुलाई ‘कन्भिन्स’ गर्न खोज्छन्, सके ‘कन्भिन्स’ गर्छन्, नसके गाली गर्दैनन्, हामीले यस्तै देख्यौं।

सहरदेखि गाउँसम्मका चियापसलदेखि चोक चोकसम्म पुगेर कुरा गर्दा कतिपयमा हामीले मत परिवर्तनको कुरा पायौं। विगत लामो समयदेखि शासन सत्ता सम्हालेका दल र नेताले अपेक्षित विकास गर्न सकेनन्, जनचाहना बुझ्न सकेनन् र जसका कारण मुलुकमा जेनजी आन्दोलन भयो, अब देशलाई परिवर्तन गर्नुपर्छ, त्यसको सुरुवात आफ्नै मतबाट गर्नुपर्छ– परिवर्तन पक्षधरको बुझाइ अनि भनाइ थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...