नेभिगेशन
मुख्य समाचार
चुनावमा चियाचर्चा

चिया पसलदेखि चोक–चोकसम्म चुनावी छलफल, मत परिवर्तनको चर्चा

चिनेजानेका हुन् वा पहिलोपटक भेटिएका, दुई जनामात्रै भेटिए पनि कुरा सुरु भइहाल्छ, चुनावको

कपिलवस्तु। भोट हाल्ने दिन आउन ९ दिन बाँकी रहँदा चुनावले नछोएको को होला र ? किसानदेखि उद्योगीसम्म, विद्यार्थिदेखि पेशाकर्मीसम्म सबै सबैलाई चुनाव लागेको छ। कसैलाई भोट माग्नु छ, कसैलाई भोट तान्नु छ, सबैलाई आ आफ्नै चटारो छ।

चिनेजानेका हुन् वा पहिलोपटक भेटिएका, दुई जनामात्रै भेटिए पनि कुरा सुरु भइहाल्छ, चुनावको।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुराको टिम कपिलवस्तुको बाणगंगा नगरपालिका २ पिपरास्थित एक चियापसलमा पुग्दा चुनावकै कुरा भइरहेको छ। सिधाकुरा पनि त्यहीँ मिसियो र धारणा बुझ्ने प्रयास गर्यो ।

Ncell
Extreme Energy

स्थानीय राजनीतिकर्मी बुद्धिजीवी, अगुवा, उद्योगीदेखि पेशाकर्मीहरुसँग सिधाकुराले गरेको चिया कुराकानीमा सहभागी अधिकांशले आफ्नो कुरा खुलेरै राखे। कुनैबेला आरोप–प्रत्यारोप चल्थ्यो, दलका कार्यकर्ताहरुका बीचमा मारमार नै चल्थ्यो, तर, अहिले सौहाद्र्रपूर्ण रुपमा छलफल हुन्छ, आफ्नो कुरा सबैले ढुक्कसँग राख्छन्, अरुलाई ‘कन्भिन्स’ गर्न खोज्छन्, सके ‘कन्भिन्स’ गर्छन्, नसके गाली गर्दैनन्, हामीले यस्तै देख्यौं।

सहरदेखि गाउँसम्मका चियापसलदेखि चोक चोकसम्म पुगेर कुरा गर्दा कतिपयमा हामीले मत परिवर्तनको कुरा पायौं। विगत लामो समयदेखि शासन सत्ता सम्हालेका दल र नेताले अपेक्षित विकास गर्न सकेनन्, जनचाहना बुझ्न सकेनन् र जसका कारण मुलुकमा जेनजी आन्दोलन भयो, अब देशलाई परिवर्तन गर्नुपर्छ, त्यसको सुरुवात आफ्नै मतबाट गर्नुपर्छ– परिवर्तन पक्षधरको बुझाइ अनि भनाइ थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।
नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा

नापी कार्यालय धनुषाले  नापजाँच भएको करिब एघार वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...

भर्खरै