नेभिगेशन
समाज

मानव अधिकार आयोगले भन्यो– शान्तिसुरक्षालाई मजबुत बनाऊ

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको दिन नजिकिँदै गर्दा देशका विभिन्न भागहरुमा भइरहेका गतिविधि तथा घटना र त्यसले देशको शान्तिसुरक्षा र आसन्न निर्वाचनमा पार्न सक्ने प्रभावप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै दाङलगायतका विभिन्न जिल्लामा केही दलहरुका कार्यकर्ताबीच  सिर्जना भएको विवाद तथा रौतहट पर्सालगायतका जिल्लामा विभिन्न समूहबीच भएका विवादका कारण निषेधाज्ञा समेत जारी गर्नुपर्ने अवस्थाले निर्वाचनका साथै शान्ति सुरक्षामा थप चुनौती थपिएको देखिएको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरुले एकअर्को दल, उम्मेदवार र नेताहरुप्रति व्यक्त गर्ने अमर्यादित तथा घृणायुक्त अभिव्यक्तिले शान्तिसुरक्षा र निर्वाचनको वातावरणमा समेत थप चुनौती सिर्जना हुन सक्ने आशंका व्यक्त गरेको छ। आयोगले शान्ति सुरक्षाको अवस्था बलियो बनाउन सरकारलाई आग्रह गरेको छ।
आयोगले राजनीतिक दलहरु, उम्मेदवार तथा कार्यकर्ताहरुले निर्वाचन आचारसंहिता विपरीत चुनावको प्रचारप्रसार र राजनितिक गतिविधिमा प्रत्यक्ष परोक्ष रुपमा बालबालिकाको प्रयोग गरेको, सामाजिक सञ्जालमा प्रकाशित-प्रसारित हुने निर्वाचनका गतिविधिमा बालबालिकालाई संलग्न गराएको तथा निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना नगरेको पाइएको भन्दै निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन आग्रह गरेको छ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो...
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।

भर्खरै