नेभिगेशन
समाज

मानव अधिकार आयोगले भन्यो– शान्तिसुरक्षालाई मजबुत बनाऊ

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको दिन नजिकिँदै गर्दा देशका विभिन्न भागहरुमा भइरहेका गतिविधि तथा घटना र त्यसले देशको शान्तिसुरक्षा र आसन्न निर्वाचनमा पार्न सक्ने प्रभावप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै दाङलगायतका विभिन्न जिल्लामा केही दलहरुका कार्यकर्ताबीच  सिर्जना भएको विवाद तथा रौतहट पर्सालगायतका जिल्लामा विभिन्न समूहबीच भएका विवादका कारण निषेधाज्ञा समेत जारी गर्नुपर्ने अवस्थाले निर्वाचनका साथै शान्ति सुरक्षामा थप चुनौती थपिएको देखिएको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरुले एकअर्को दल, उम्मेदवार र नेताहरुप्रति व्यक्त गर्ने अमर्यादित तथा घृणायुक्त अभिव्यक्तिले शान्तिसुरक्षा र निर्वाचनको वातावरणमा समेत थप चुनौती सिर्जना हुन सक्ने आशंका व्यक्त गरेको छ। आयोगले शान्ति सुरक्षाको अवस्था बलियो बनाउन सरकारलाई आग्रह गरेको छ।
आयोगले राजनीतिक दलहरु, उम्मेदवार तथा कार्यकर्ताहरुले निर्वाचन आचारसंहिता विपरीत चुनावको प्रचारप्रसार र राजनितिक गतिविधिमा प्रत्यक्ष परोक्ष रुपमा बालबालिकाको प्रयोग गरेको, सामाजिक सञ्जालमा प्रकाशित-प्रसारित हुने निर्वाचनका गतिविधिमा बालबालिकालाई संलग्न गराएको तथा निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना नगरेको पाइएको भन्दै निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन आग्रह गरेको छ।

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...