नेभिगेशन
समाज

जब बालेनले सोधे- चिया कहाँको खानु भयो, तरकारी कहाँको खानु भयो ?

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले देशभित्रकै उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन् ।

मंगलबार सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले सोध, ‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया,’ बालेनले प्रश्न गर्दै भने, ‘खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालेनले तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान नपाएको दाबी गर्दै उनले भने ‘हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन । यो दुखको कुरा हो, यो दुखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी’ ।

Ncell
Extreme Energy

साथै बालेनले पूर्वी पहाडमा उत्पादित तरकारीले बजार नपाएको, तराईमा उत्पादित खाद्यान्नले खान नपुगेको, बाढीका कारण भोग्नुपरेको समस्या, उद्योग सन्चालनमा देखिएका व्यवधान, खानेपानी र खेलकुदका पूर्वाधारमा देखिएका समस्या बताए । 
बालेनले समस्यामात्रै बताएनन्, समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । ‘बिहान तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ? हाम्रै पूर्वी पहाडी जिल्लामा उत्पादन भएको तरकारी खान पाइएको छैन, यो समस्या समाधान गर्न चाहन्छ रास्वपा’ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । आज अपराह्न १ः०० सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।
आज कहाँकहाँका सडक छन् अवरूद्ध ?

आज कहाँकहाँका सडक छन् अवरूद्ध ?

यी स्थानमा आज भारी वर्षा हुने

यी स्थानमा आज भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।