नेभिगेशन
समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक जना पक्राउ

काठमाडौं — महानगरीय प्रहरी वृत्त, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विभिन्न देशका अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार चीनतर्फ जान लागेका एक यात्रुको साथबाट चेकजाँचका क्रममा अमेरिकी डलर १० हजार १००, युरो २९ हजार ५००, चिनियाँ युआन ५८ हजार ७०० तथा स्विडेनको पाँच सय क्रोनर दरका ३२ थान नोट बरामद गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा स्विडिस नागरिक ५१ वर्षिया महिला (KLITNCHOK KHANDR) रहेका छन्।

Ncell
Extreme Energy

बरामद गरिएको उक्त विदेशी मुद्रा सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा...
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।