नेभिगेशन
समाज

लक्ष्मण राजवंशी आदर्श गुरु सम्मानबाट संस्कृत शिक्षक उदिम पन्त सम्मानित

काठमाडौं । ज्ञानार्जन भूमि विद्यालय (एलआरआई) काठमाण्डौंले “लक्ष्मण राजवंशी आदर्श गुरु सम्मान २०८२” बाट हेटौडाका संस्कृत शिक्षक उदिम पन्तलाई सम्मान गरेको छ । 

मकवानपुर स्थित हेटौडा एकेडेमीमा संस्कृत विषय पठनपाठन गराउँदै आउनु भएका पन्तलाई एलआरआईको ३८ औं वार्षिकोत्वका अवसरमा मंगलवार काठमाडौंमा सम्मान गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिक्षा क्षेत्रमा लामो समयदेखि अमूल्य ज्ञान, समर्पण र अनुभवको योगदान दिँदै हजारौं विद्यार्थीहरूको जीवन उज्यालो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेबापत पन्तलाई नगद रु. २५,०००/– (पच्चीस हजार रुपैयाँ) सहित उक्त सम्मान प्रदान गरिएको

Ncell
Extreme Energy

विद्यालयले जनाएको छ । विद्यालयका अनुसार “लक्ष्मण राजवंशी आदर्श गुरु सम्मान” शिक्षण पेशामा समर्पित भई उल्लेखनीय योगदान पुर्‍याउने गुरुजनलाई प्रदान गरिँदै आएको एक प्रतिष्ठित सम्मान हो ।

विद्यालय परिवारले राष्ट्र निर्माणका लागि उहाँले पुर्‍याउनुभएको अनन्य शैक्षिक योगदानप्रति अखण्ड आदर र कदर व्यक्त गर्दै यो सम्मान समर्पण गर्न पाएकोमा आफूहरू गौरवान्वित भएको उल्लेख गरेको छ । 

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले शिक्षामा पाश्तात्य प्रभाव बढिरहेको वर्तमान अवस्थामा मौलिक शिक्षाको जगेर्ना आजको आवश्यकता भएको बताउनु भयो ।

विद्यालयले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने अन्य महानुभावहरुलाई पनि नगद तथा प्रमाणपत्र सहित सम्मान गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा...
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।