नेभिगेशन
कर्पाोरेट

‘देशको गहना’ साम्बाको कठिन घडीमा भायानेटको साथ, उपचारका लागि ५ लाख सहयोग प्रतिबद्ध

काठमाडौँ । नेपाली महिला फुटबलकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला आफ्नो खेल जीवनकै सबैभन्दा चुनौतीपूर्ण मोडमा पुगेकी छन्। मैदानमा देशको झण्डा उँचो राख्दै निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी साम्बा हाल घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर रहन बाध्य भएकी छन्।

यस कठिन समयमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन ले आफ्नी ब्रान्ड एम्बेसडर साम्बाको उपचार तथा पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले उनको शल्यक्रिया र त्यसपछिको करिब आठ महिना लामो ‘रिह्याब’ प्रक्रियाका लागि आवश्यक सहयोगस्वरूप उक्त रकम उपलब्ध गराउने जनाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साम्बाको उपचार र पुनः खेल जीवनमा फर्कन उल्लेख्य आर्थिक स्रोत आवश्यक पर्ने अवस्थालाई मध्यनजर गर्दै भायानेटले यो कदम चालेको बताइएको छ। “थाकेको हो, हारेको छैन” भन्ने साम्बाको अदम्य आत्मविश्वास र साहसलाई सम्मान गर्दै कम्पनीले उनलाई पुनः मैदानमा फर्काउन सानो प्रयास गरेको उल्लेख गरेको छ।

Ncell
Extreme Energy

साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भायानेटले भनेको छ, “देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथै रहनेछौँ। उहाँ चाँडै निको भएर मैदान फर्कने र देशलाई पुनः गौरवान्वित बनाउने कुरामा हामी विश्वस्त छौँ।”

कम्पनीले आफ्नो ब्रान्ड एम्बेसडरप्रति देखाएको यो साथले कठिन परिस्थितिमा पनि सरोकारवालासँग अटुट सम्बन्ध र भरपर्दो कनेक्सन कायम राख्ने आफ्नो प्रतिबद्धता पुनः स्पष्ट गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...