नेभिगेशन
कर्पाोरेट

‘देशको गहना’ साम्बाको कठिन घडीमा भायानेटको साथ, उपचारका लागि ५ लाख सहयोग प्रतिबद्ध

काठमाडौँ । नेपाली महिला फुटबलकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला आफ्नो खेल जीवनकै सबैभन्दा चुनौतीपूर्ण मोडमा पुगेकी छन्। मैदानमा देशको झण्डा उँचो राख्दै निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी साम्बा हाल घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर रहन बाध्य भएकी छन्।

यस कठिन समयमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन ले आफ्नी ब्रान्ड एम्बेसडर साम्बाको उपचार तथा पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले उनको शल्यक्रिया र त्यसपछिको करिब आठ महिना लामो ‘रिह्याब’ प्रक्रियाका लागि आवश्यक सहयोगस्वरूप उक्त रकम उपलब्ध गराउने जनाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साम्बाको उपचार र पुनः खेल जीवनमा फर्कन उल्लेख्य आर्थिक स्रोत आवश्यक पर्ने अवस्थालाई मध्यनजर गर्दै भायानेटले यो कदम चालेको बताइएको छ। “थाकेको हो, हारेको छैन” भन्ने साम्बाको अदम्य आत्मविश्वास र साहसलाई सम्मान गर्दै कम्पनीले उनलाई पुनः मैदानमा फर्काउन सानो प्रयास गरेको उल्लेख गरेको छ।

Ncell
Extreme Energy

साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भायानेटले भनेको छ, “देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथै रहनेछौँ। उहाँ चाँडै निको भएर मैदान फर्कने र देशलाई पुनः गौरवान्वित बनाउने कुरामा हामी विश्वस्त छौँ।”

कम्पनीले आफ्नो ब्रान्ड एम्बेसडरप्रति देखाएको यो साथले कठिन परिस्थितिमा पनि सरोकारवालासँग अटुट सम्बन्ध र भरपर्दो कनेक्सन कायम राख्ने आफ्नो प्रतिबद्धता पुनः स्पष्ट गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत...
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...