नेभिगेशन
समाज

मतदाताको दुःखले लेखजंगको आँखामा आँशु, भन्छन्– देश त बर्बादै पारेका रहेछन्

लेखजंगले भोट माग्दै थिए, मतदाताले भन्दै थिए– ’तपाईंले हाम्रो बुवाको उपचार गर्नुभयो, आमाको उपचार गर्नुभयो, अब त्यसरी उपचार कसले गर्छ?’

रुपन्देही। सिधाकुराको ग्राउण्ड जिरो रिपोर्टिङ टिम दुई दिनअघि रुपन्देहीको क्षेत्र नम्बर ३ स्थित एउटा गाउँमा पुग्दा रास्वपा उम्मेदवार डा.लेखजंग थापाले स्थानीय मतदातासँग भोट माग्दै थिए।

लेखजंगले भोट माग्दै थिए, मतदाताले भन्दै थिए– ’तपाईंले हाम्रो बुवाको उपचार गर्नुभयो, आमाको उपचार गर्नुभयो, अब त्यसरी उपचार कसले गर्छ?’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिनियर न्युरोलोजिस्ट डा. लेखजंगलाई सोधिएको यो प्रश्न सम्भवतः अहिलेसम्मकै जटिल प्रश्न थियो।

Ncell
Extreme Energy

विगत एक दशकभन्दा बढी समयदेखि त्यस क्षेत्रका लाखौं वासिन्दाहरुको नाडी छाम्दै उपचार गरिरहेका लेखजंग अहिले उनीहरुसँगै मन र मत माग्दैछन्। 

मत माग्दै गाउँ धाइरहेका लेखजंगलाई देख्दा बालबालिकादेखि वृद्ध वृद्धासम्मले शुभकामना दिन्छन् । शुभकामना पाउँदा उनलाई खुसी लाग्छ तर, उनीहरुले सोध्ने प्रश्नले भने झस्काइरहन्छ।

सिधाकुरासँगको संक्षिप्त कुराकानी पनि उनले सुनाए– देश त बर्बादै बनाएका रहेछन्, घरमा कोही बिरामी पर्यो भने उपचार गर्नै नसकेर मर्नुपर्ने अवस्था छ, यो छर्लंग देखेको छु, यति भनिसक्दा उनी भक्कानिए।

उनी आफैंले सुनाए– घरमा बुढाबुढी बा आमा मात्रै छन्, छोराछोरी सबै विदेश छन्, कोही मरिहाल्यो भने शव४–५ दिन घरमै राख्नुपर्ने अवस्था छ।

पहिले नागरिकले उपचार पाउन कठिन छ, उपचार पाइहाले खर्च थेग्न मुस्किल छ। यो देशभरको साझा समस्या हो। तर, यो समस्याको समाधान कसरी त? 

लेखजंग नीतिगत रुपमा नै यो समस्या समाधान गर्नुपर्ने बताउँछन्। हाम्रो नीति र प्रक्रियामै खोट छ, यसमा सुधार गर्नैपर्छ– उनको स्पष्ट धारणा छ– हामीले गर्छौं, हामीले गर्न नपाए कसै न कसैले त गर्नैपर्छ।

रुपन्देही–३ का तत्कालीन सांसद राप्रपा नेता दीपक बोहराको निधनपछि हुन लागेको उपनिर्वाचनमा नै रास्वपाले लेखजंगलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। उपचुनाव त भएन,रास्वपाले लेखजंगलाई नै उम्मेदवार तोक्यो। उनी अहिले घरदैदलो गर्दैछन्। बुटवलदेखि बेलहिया नाकासम्म पुग्ने यो क्षेत्रमा उनले जे प्रतिक्रिया पाएका छन्, त्यसबाट भने उत्साहित छन्।

मतदाताले भोगिरहेको पीडाले अहिले उनको आँखा रसाएको छ। अब उनले मतदाताको आँखा रसाउन दिन्छन् वा दिँदैनन्, त्यो त चुनावको नतिजा र त्यसपछिको कामले नै बताउला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...
सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

सरकार गठन र सञ्चालनका लागि बागमतीमा यस्तो समझदारी

संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थिरता, सुशासन र समृद्ध बागमती प्रदेश निर्माण गर्ने साझा उद्देश्यसहित बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका लागि सत्ता साझेदार दलहरूबीच समझदारी भएको छ।
फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

ललितपुर महानगरपालिकाका मेयर तथा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन्।
जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ।