नेभिगेशन
समाज

रास्वपाले सनिवार उपत्यकाका ७० स्थानमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सनिवार उपत्यकाका ७० वटा स्थानमा आफ्नो जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम आयोजना गर्ने भएको छ ।

रास्वपाले उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँका ७० वटा स्थानमा एकैदिन जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम गर्ने भएको हो । दलका उम्मेदवार र पार्टीको चुनावी अभियानलाई सफल पार्नका लागि रास्वपाले केहिदिन देखि देशका विभिन्न क्षेत्रहरुमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम गर्दै आइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सनिवार बिहान ६ः३० बजे पशुपतिनाथ क्षेत्रबाट सुरु हुने सो कार्यक्रमलाई रास्वपा सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहले संयूक्त रुपमा सम्बोधन गर्ने जनाइएको छ भने सो कार्यक्रम चाबहिल हुदै जोरपाटी भएर अघिबढ्ने र अन्त्यमा रास्वपाको केन्द्रिय कार्यालय रहेको बनस्थली स्थित घण्टीघरमा पुगेर टुङ्गीने रास्वपाको सचिवालयले जनाएको छ ।

Marvel
Extreme Energy

यस्तो रास्वपाको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रमको रुटः
बिहान ६ः३० बजे देखि

पशुपतिनाथ, चाबहिल, जोरपाटी, सुन्दरीजल साँखु, मुलपानी, पेप्सीकोला, सानोठिमी, दुवाकोट चोक, ब्यासी, दत्तात्रय, च्याम्हासि, जगाति, सूर्यविनायक, पाण्डुबजार, गुण्डु, नयाँ ठिमी(दुइ पोखरी) जडीबुटी, ग्वार्को, लुभू, बाँडेगाउँ, चापागाउँ

त्यस्तै दिउँसो १२ः३० देखि

सुनाकोठी, बुंगमती खोकना, सातदोबाटो, लगनखेल, मंगलबजार, जावलाखेल, पुल्चोक, थापाथली, टेकु, कालिमाटी, बल्खु, कीर्तिपुर, टौदह(चाल्ना खेल), सतुङ्गल, चन्द्रागिरी, बाँडभञ्ज्याङ, मकालु पेट्रोल पम्प, सितापाइला, स्वयम्भू,  बालाजु, माछापोखरी, पुरानो गुजेश्वरी, शेषमती, फुटुङ, साङ्ला, झोर, टोखा, बुढानीलकण्ठ, कपन, सुकेधारा, विशालनगर बालुवाटार, नक्साल

त्यस्तै बेलुका ५ः१५ बजेदेखि

मैतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतली सडक, हातीसार, न्यूरोड, जमल, ठमेल, लैनचौर, सामाखुशी, गोंगबु, नयाँ बसपार्क, वनस्थली चोक र रास्वपा केन्द्रीय कार्यालय(घण्टी घर) 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारत भ्रमणलाई राष्ट्रिय हितसँग जोडेर हेर्न रास्वपाको आग्रह

भारत भ्रमणलाई राष्ट्रिय हितसँग जोडेर हेर्न रास्वपाको आग्रह

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई राष्ट्रिय हित, पारस्परिक सम्मान र समानताका आधारमा अघि बढाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ।
भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका करिब ६०० जना विभिन्न अस्पतालमा उपचाररत रहेको अधिकारीहरूले बताएका छन्...
माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ ।
कोरला नाकाबाट  भित्रियो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन

कोरला नाकाबाट भित्रियो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ ।