नेभिगेशन
समाज

निर्वाचनको मतपरिणामको नतिजा छिटो सार्वजनिक गर्नेगरि आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको मतपरिणामको नतिजा छिटो सार्वजनिक गर्नेगरि तयारी गरेको जनाएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदान सकिएपछि छिटो मतपेटिका संकलन गर्ने र मतदान भएकै दिन साँझबाट मतगणना सुरु गरिने जानकारी दिएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले मतदानको अघिल्लो दिन आवश्यक व्यवस्थापन गरेर राजनीतिक दलहरूसँग समन्वय गर्दै मतदान भएकै दिन साँझबाट मतगणना सुरु गर्ने आयोगको तयारी रहेको बताए । मतपेटिका सङ्कलनको समय घटाउने, बेलुकीबाट मतगणना गर्ने र मतगणनाको छिटो छरितो बनाइने गरि तयारी गरिएको उनको भनाइ छ ।

Ncell
Extreme Energy

प्रवक्ता भट्टराईले निर्वाचनको तयारीका लागि उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेर सीमा बन्द, मदिरा बेचबिखनमा रोक लगाएतका निर्णय भइसकेको जानकारी दिए । निर्वाचनका लागि देशभरिको सुरक्षा अवस्था सन्तोषजनक रहेको आयोगको निष्कर्ष रहेको उनको भनाइ छ ।

निर्वाचन प्रयोजनका लागि उम्मेदवारहरुले खाता खोल्ने क्रमपनि जारी रहेको भन्दै प्रवक्ता भट्टराईले खाता नखोल्ने र जथाभावी खर्च गर्नेहरुका लािग आयोगले आवश्यक निर्णय गर्ने धारणा व्यक्त गरेका थिए । हालसम्म ११ दलले मात्र चूनावी प्रयोजनका लागि खाता खोलेको आयोगले जनाएको छ । आयोगले निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको जानकारी पनि दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको छ।...
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

सेनाले खोजी तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ। उक्त कार्यका लागि रसुवा र नुवाकोटमा ४,२०० भन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म १,२०० भन्दा बढी...
सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।