नेभिगेशन
समाज

काँग्रेसको सरकार बनेपछि सम्पती छानविनको कार्य देउवा र आफैबाट सुरु गर्छुः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीको सरकार बनेपछि शेर बहादुर देउवा र आफुबाट सम्पती छानविनको काम सुरु गर्ने बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै थापाले कांग्रेस नेतृत्वमा सरकार बनेपछि भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र सवै भन्दा पहिला देउवा र आफ्नो सम्पती छानविन गरेर काम सुरु गर्ने बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचनपछिको परिणामलाई सिंहदरबार जलाउन लगाउने र मौका परे जेलबाट भाग्ने अतिवाद आउन सक्ने भन्दै पाँच बर्षको समय देशलाई सम्हाल्नुपर्ने उनले बताए । उनले  ख्याल गरेर गाडीलाई पाँच बर्षभित्र गन्तव्यसम्म पुराउने संकल्प गरेर आएको नयाँ कांग्रेस भएको उल्लेख गरेका थिए ।

Ncell
Extreme Energy

थापाले कांग्रेसको सबैभन्दा ठूलो तागत संगठन भएकाले त्यसैको सहारामा मतदाताको घर–घरमा पुग्नुपर्नेमा जोड दिएका थिए । सभापति थापाले सामाजिक सञ्जालमार्फत अरूलाई टीकाटिप्पणी र आक्षेप नलगाई कार्यकर्ताको घरमा पुग्न र अबको पाँच वर्ष खेर नफाल्नेमा आश्वस्त पार्न समेत आग्रह गरे ।

उनले कांग्रेस संकल्प र प्रतिज्ञा गरेर आएकोले त्यसका लागि पाँच वर्ष जनताले मौका दिन आवश्यक रहेकाले मतदाता बुझाउन सक्नुपर्ने बताए । त्यसैगरी कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको भन्दै चुनावी प्रतिस्पर्धामा कांग्रेसको दुश्मन कोही पनि नरहेको बताए ।

निर्वाचनपछि सबै दलहरुले सत्तापक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले निर्वाचनको मैदानमा दुश्मनको व्यवहार गर्न नहुने शर्माको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’