नेभिगेशन
समाज

मोदीलाई पठाएको भनिएको पत्र नक्कली हो, भ्रामक प्रचार गर्नेलाई कारबाही होस्: रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखिएको पत्र पूर्ण रूपमा नक्कली र कपोलकल्पित भएको जनाएको छ । 

पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल प्रेसलगायत केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति खण्डन जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सार्वजनिक गरिएको पत्र पूर्णतः झुटो रहेको उल्लेख गर्दै रास्वपाले जिम्मेवार व्यक्तिहरूको नाम जोडेर द्विपक्षीय सम्बन्धजस्तो संवेदनशील विषयमा भ्रम फैलाउने कार्य निन्दनीय भएको बताएको छ।

Ncell
Extreme Energy

आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्व सन्ध्यामा राजनीतिक लाभ लिन र नेपाल–भारत सम्बन्धमा अनावश्यक संशय सिर्जना गर्ने उद्देश्यले यस्तो प्रायोजित प्रचार (प्रोपागान्डा) गरिएको स्पष्ट देखिएको पार्टीको दाबी छ।

रास्वपाले सञ्चारकर्मी, पत्रकार तथा सञ्चार गृहहरूलाई यस्ता संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा तथ्यको गम्भीर जाँचबुझ गर्न आग्रह गरेको छ। साथै, सर्वसाधारणलाई पनि सामाजिक सञ्जालमा फैलाइएका फेक न्युज र भ्रामक प्रचारको पछि नलाग्न अपिल गरेको छ।

यस्ता अवाञ्छित गतिविधिमा संलग्नमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको पनि विज्ञप्तिमा उल्लेख छ।

WhatsApp-Image-2026-02-27-at-22.30.28-1772211737.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...