नेभिगेशन
समाज

प्रतिनिधिसभा निर्वाचन : एक हजार ६१ उजुरी फछ्र्यौट

 काठमाडौँ। जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ ।

निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फछ्र्यौट भएको छ । प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए । प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेको रहेको आयोगले जनाएको छ । यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको उजुरी पनि परेको छ ।

Marvel
Extreme Energy

त्यस्तै, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेको लगायतका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारत भ्रमणलाई राष्ट्रिय हितसँग जोडेर हेर्न रास्वपाको आग्रह

भारत भ्रमणलाई राष्ट्रिय हितसँग जोडेर हेर्न रास्वपाको आग्रह

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई राष्ट्रिय हित, पारस्परिक सम्मान र समानताका आधारमा अघि बढाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ।
भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका करिब ६०० जना विभिन्न अस्पतालमा उपचाररत रहेको अधिकारीहरूले बताएका छन्...
माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ ।
कोरला नाकाबाट  भित्रियो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन

कोरला नाकाबाट भित्रियो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ ।