नेभिगेशन
समाज

भोजपुरको ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

भोजपुर । स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ भोजपुरको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।

जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताए । प्रअ जोशीले भने, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको संरक्षण, संवर्द्धन र सीप विकासको उद्देश्यले हस्तकला प्रतियोगिता आयोजना गरिएको हो ।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्व गङ्गाप्रसाद राई आइओएम तथा मनकुमारी राईको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा २८ विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत सागार तामाङ (मालिङ्गोको चित्रा) प्रथम, कक्षा ७ कै अमिसा तामाङ  (परालको पीरा) द्वितीय र कक्षा ९ का योगेश श्रेष्ठ (मही पार्ने मदानी) तृतीय भएका छन् ।

Ncell
Extreme Energy

विजयीलाई विद्यार्थीलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । सबै प्रतियोगी विद्यार्थीले स्थानीय सामग्रीको प्रयोग गरी आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयस्तरमा हुने यस्ता सीपमूलक कार्यक्रमले विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आफूले प्रयोजन गरेको समाजसेवी तथा शिक्षाप्रेमी शिशिरकुमार राईले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।
रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताधारी 'युनाइटेड रसिया' पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी दुई-तिहाइभन्दा बढी (सुपरमेजोरिटी) सिट जितेको छ ।
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।