नेभिगेशन
समाज

निर्वाचनको तयारी अन्तिम चरणमा, सबै जिल्लामा पुगे निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको छ ।

पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिइने मतदान अधिकृतले आवश्यक निर्वाचन सामग्री बुझबुझारथ गरी कार्यक्षेत्रतर्फ लागि सकेका छन् भने तराई–मधेस र सहरी जिल्लामा भने मतदान अधिकृतको अनुशिक्षण भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“दुर्गम जिल्लाका मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी खटिइसकेका छन्”, निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “आसन्न निर्वाचनको प्राथमिकता जिल्लाबाट निर्वाचन क्षेत्रतर्फ सरेको छ ।” आयोगका तर्फबाट जिल्लामा सम्पादन हुने काममा सहजीकरण भइरहेको जनाउँदै उनले सनिवार पनि अधिकांश जिल्लामा मतदान अधिकृतका लागि तालिम सञ्चालन भइरहेका बताए ।

Ncell
Extreme Energy

मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायत भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराइदिन सङ्घीय सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको पनि उनले बताए । निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय आयोगबाट भइसकेको छ ।

चितवनका ४९४ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृत र अन्य कर्मचारी गरेर दुई हजार ९६४ जना कर्मचारी खटिने छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकाय परिचालित भएको जानकारी दिए ।

पैँसट्ठी राजनीतिक दल चुनावी प्रतिस्पर्धामा
निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । एक ४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।

निर्वाचन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति

सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति

सरकारसँग सहमति भएसँगै  लघुवित्त पीडितले अनसन तोड्ने भएका छन् ।
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तसहितको आयोगको बैठकले के गर्‍यो निर्णय?

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तसहितको आयोगको बैठकले के गर्‍यो निर्णय?

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की, आयुक्त गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले पद बहाली गर्दै बसेको आयोगको बैठकले संसदमा पेस हुने क्रममा रहेको एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा...
सुनसरी घटनाका मृतकको शव परिवारले बुझे, आजै अन्त्येष्टि गर्ने तयारी

सुनसरी घटनाका मृतकको शव परिवारले बुझे, आजै अन्त्येष्टि गर्ने तयारी

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव शुक्रबार साँझ परिवारले बुझेको छ । उनीहरुको शव विराटनगरस्थित कोशी अस्पतालमा थियो ।
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।