नेभिगेशन
समाज

खामेनीको मृत्युपछि का इरानको सत्ता कसले चलाउने छ ?

हालका लागि राष्ट्रपति, न्यायपालिका प्रमुख र शक्तिशाली गार्डिअन काउन्सिलले खामेनेईका जिम्मेवारीहरू सम्हाल्ने छन्।

विगत ३७ वर्षदेखि इरानका सर्वोच्च नेता रहिआएका अयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि भएसँगै आमेनोईको उत्ताराधिकारीको खोजी सुरु भएको छ । 

खामेनीको उत्तराधिकारी को हुने भन्नेबारे स्पष्ट भइसकेको छैन। हालका लागि सर्वोच्च नेताको अनुपस्थितिमा राष्ट्रपति, न्यायपालिका प्रमुख र शक्तिशाली गार्डिअन काउन्सिलले उनका जिम्मेवारीहरू सम्हाल्ने छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी इजरेली हमलामा परी खामेनीकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी पनि मारिएका जनाइएको छ।

Ncell
Extreme Energy

खामेनीको निधनपछि इरानी रेभोलुशनरी गार्ड कोर(आईआरजीसी) ले आफ्नो इतिहासकै भयावह आक्रमण अब शुरू हुनेू चेतावनी दिएको छ।

अर्कोतर्फ संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरूको आक्रमण जारी रहने बताएका छन्।

दोस्रा सर्वोच्च नेता

आयतोल्लाह अली खामेनेई सन् १९७९ को इस्लामिक क्रान्तियताका दोस्रा सर्वोच्च नेता थिए र सन् १९८९ यता उनी सर्वोच्च पदमा थिए। युवा इरानीहरूले अली खामेनेई सर्वोच्च पदमा नरहेको शासनकाल भोग्न पाएका छैनन्।

उनी इरानी सत्ताको एउटा जटिल जालोको केन्द्रमा थिए जो सार्वजनिक नीतिसम्बन्धी मामिला एवम्‌ सार्वजनिक पदका उम्मेदवार चयन प्रक्रियामा विशेषाधिकार प्रयोग गर्ने अधिकार राख्थे।

राष्ट्रप्रमुख तथा सेनाप्रमुखको हैसियतले सो पदलाई एकदम शक्तिशाली बनाएको छ। सेनाभित्र इरानी रेभोलुशनरी गार्ड कोर (आईआरजीसी) पनि पर्छ।

अली खामेनेई इरानको दोस्रो ठूलो शहर मश्हादमा सन् १९३९ मा जन्मिएका थिए। धार्मिक परिवारमा जन्मिएका उनी आमाबुवाको आठमध्ये दोस्रो सन्तान थिए।

इरानमा वर्चस्व रहेको शिया मुस्लिम समुदायका उनका बुवा मध्यम तहका धार्मिक गुरु थिए।

अली खामेनेईको अध्ययनमा कुरानको शिक्षा मुख्य रूपमा रहेको छ। एघार वर्षका उमेरमा उनी धार्मिक गुरुका रूपमा दीक्षित भएका थिए।

तर धार्मिक गुरुहरूको भूमिका आध्यात्मिकभन्दा राजनीतिक बढी हुने गरेको अभ्यासबीच अली खामेनेईको पनि सोही किसिमको भूमिका रह्यो।

एक प्रभावकारी वाक्‌पटु अली खामेनेई इरानका शाहको आलोचक खेमामा जोडिए। इरानको राजतन्त्र इस्लामिक क्रान्तिबाट फालिएको थियो।

कैयौँ वर्षसम्म उनी भूमिगत रहे अथवा उनले जेलमा बिताए। उनी शाहका गोप्य प्रहरीहरूद्वारा छ पटकसम्म गिरफ्तारीमा परे९ सो क्रममा यातना झेल्नुका साथै उनी आन्तरिक रूपमा निर्वासित पनि भए।

सन् १९७९ को इस्लामिक क्रान्तिको एक वर्षपछि आयतोल्लाह रुहुल्लाह खोमेईनीले राजधानी तेहरानका लागि उनलाई शुक्रवारको साप्ताहिक प्रार्थनाका नेतृत्वकर्तामा चयन गरे।

पछि अली खामेनेई सन् १९८१ मा इरानको राष्ट्रपति पदमा निर्वाचित भए। सन् १९८९ मा उनलाई धार्मिक अगुवाहरूले आयतोल्लाह खोमेईनीका उत्तराधिकारीका रूपमा चयन गरे। छयासी वर्षको उमेरमा खोमेईनीको निधन भएको थियो।

खामेनेईको निधनबाट इरानलाई ठूलो धक्का लागेको बताइएको छ।

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, छोरी, ज्वाँइ, बुहारी र नाति पनि मारिए

चार छोरा र दुई छोरी
अली खामेनेई विरलै विदेश जान्थे र मध्य तेहरानमा आफ्नी श्रीमतीसँग उनले साधारण जीवन बिताउँदै आएको बताइन्थ्यो।

उनलाई बगैँचामा फूलहरू हेर्न र कविता मन पर्ने बताइन्थ्यो। जवानीमा उनले धूमपान गर्ने गरेको बताइन्छ जुन कुरा इरानमा धार्मिक गुरुहरूबीच स्वाभाविक मानिँदैन।

सन् १९८० को दशकमा गरिएको खामेनेईको हत्या प्रयासपछि उनको दाहिने हातले काम गर्न छोडेको थियो।

मन्सुरेह खोज्स्तेह बकेरजादेहसँग विवाह गरेका खामेनेई चार छोरा र दुई छोरीका पिता थिए।

सार्वजनिक कार्यक्रम अथवा सञ्चारमाध्यममा खामेनेईको परिवार विरलै देखिन्छ भने उनका सन्तानहरूको निजी जीवनबारे आधिकारिक र प्रमाणित सूचना सीमित मात्रामा मात्रै पाइन्छ।

चार छोरामध्ये माहिला छोरा मोज्तबा चाहिँ आफ्नो प्रभाव र बुवाको भित्री सर्कलुमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेका कारण परिचित छन्।

मोज्तबाले तेहरानस्थित अलावी हाई स्कूलमा अध्ययन गरेका हुन्। उक्त स्कूलमा धेरैजसो इस्लामिक गणतन्त्रका उच्च पदस्थ अधिकारीका छोराछोरी पढ्ने गरेका छन्।

मोज्तबाको बिहे एक अग्रणी रूढीवादी गोलाम अली हदाद आदेलकी छोरीसँग भएको छ।

धार्मिक गुरु नहुँदै र कोम शहरमा उच्च शिक्षाको योजना बनाइरहँदा उनको बिहे भएको थियो।

तीस वर्षको उमेरमा उनले कोम सेमिनरीमा औपचारिक धार्मिक अध्ययन शुरू गरे।

सन् २००० को बीचको दशकदेखि राजनीतिक वृत्तमा मोज्तबाको प्रभाव प्रस्ट रूपमा देखिन थाल्यो। हुन त यो कुरा सञ्चारमाध्यममा विरलै स्वीकार गरिएको छ।

सन् २०२४ को विवादास्पद राष्ट्रपतीय निर्वाचनका बेला महमुद अहमदीनेजादको पक्षमा पर्दा पछाडिबाट काम गरेको भन्दै राष्ट्रपति पदका एक अग्रणी उम्मेदवार मेहदी करोबीले अली खामेनेईलाई एउटा खुलापत्र लेखेपछि मोज्तबा थप चर्चामा आएका थिए।

इरानमा सन् २०१० यता उनी अति शक्तिशाली व्यक्तिमध्येका एकका रूपमा मानिने गरिन्छन्।

अपुष्ट विवरणहरूका अनुसार खामेनेईले आफूलाई प्रतिस्थापित गर्ने रुचाइएका उम्मेदवारका रूपमा मोज्तबालाई लिने गरेका थिए। तर कतिपय आधिकारिक स्रोतहरूले यो कुरालाई अस्वीकार गर्दै आएका छन्।

हुन त अली खामेनेई कुनै राजा थिएनन् र उनी आफ्ना छोरालाई सजिलै गद्दी हस्तान्तरण गर्न सक्दैन थिए, तर आफ्ना बुवाको ुसर्कलुभित्र मोज्तबाको उल्लेख्य सामथ्र्य रहेको छ। त्यसमा सर्वोच्च नेताको कार्यालय पनि पर्छ जसले संवैधानिक निकायहरूलाई समेत छायामा राख्छ।

मुस्तफा खामेनेई चाहिँ परिवारका जेठा छोरा हुन्। उनकी श्रीमती अजिजोल्लाह खोस्वाग्तकी छोरी हुन् जो रुढीवादी धार्मिक गुरु हुन्।

सन् १९८० को दशकमा भएको इरान९इराक युद्धका बेला मुस्तफा र मोज्तबा दुवैले अग्रपङ्क्तिमा लडाइँ गरेका थिए।

अली खामेनेईका साहिँला छोरा मसूदको जन्म सन् १९७२ मा भएको हो। उनले सुसन खराजीसँग बिहे गरेका छन्।

सुसन कोम सेमिनरीको शिक्षक सङ्घसँग आबद्ध चिरपरिचित धार्मिक गुरु मोहसिन खराजी र सुधारवादी झुकाव भएका पूर्वकूटनीतिज्ञ मोहम्मद सादेग खराजीकी बहिनी हुन्।

मसूद खामेनेई राजनीतिदेखि टाढा बस्दै आएका छन् र सार्वजनिक रूपमा उनीबारे खासै जानकारी छैन। उनले आफ्ना बुवाको जीवनवृत्तान्त र संस्मरणहरू सङ्कलन गर्दै आएका छन्।

अली खामेनेईका कान्छा छोरा मेयसामको जन्म चाहिँ सन् १९७७ मा भएको हो। आफ्ना तीन दाजुहरू जस्तै उनी पनि एक धार्मिक गुरु हुन्।

उनकी श्रीमतीको नाम सञ्चारमाध्यममा आएको छैन। उनी एक सम्पन्न तथा प्रभावशाली व्यापारी महमुद लोलचिआनकी छोरी हुन्।

लोलचिआनले सन् १९७९ को क्रान्तिअघि धार्मिक गुरुहरूलाई आर्थिक रूपमा सघाउँदै आएका थिए।

मेयसामले आफ्ना दाजु मसूदसँगै आफ्ना बुवाका कामहरूको संरक्षण तथा प्रकाशनसम्बन्धी कार्यालयमा काम गरेका छन्।

अली खामेनेईका दुईजना छोरीबारे सार्वजनिक जानकारी खासै धेरै छैन। बुशरा र होदा खामेनेईका कान्छा सन्तान हुन्। उनीहरूको जन्म सन् १९७९ को इस्लामिक क्रान्तिपछि भएको हो।

बुशराको जन्म सन् १९८० मा भएको हो। उनको बिहे खामेनेईको कार्यालयका चीफ अफ स्टाफु गोलामहोसैन मोहम्मद गोल्पयेगनीका छोरा मोहम्मद जवाद मोहम्मदी गोल्पयेगनीसँग भएको छ।

होदा अली खामेनेई परिवारको सबैभन्दा कान्छी हुन्, जसको जन्म सन् १९८१ मा भएको थियो। उनको बिहे मेस्बाह अल होदा बगेरी कानीसँग भएको छ। मार्केटिङ विषय पढेका उनी इमाम सादिक विश्वविद्यालयमा अध्यापन गर्छन्।  - स्रोतः बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सेना परिचालनपछि नियन्त्रणमा आयो देवानगञ्जको अवस्था, बजार क्षेत्र सामान्य बन्दै

सेना परिचालनपछि नियन्त्रणमा आयो देवानगञ्जको अवस्था, बजार क्षेत्र सामान्य बन्दै

मंगलबार साँझ करिब ७ः३० बजेदेखि सुरु भएको झडपका क्रममा बजार क्षेत्रमा तोडफोड तथा आगजनीका घटना भएका थिए । घटनापछि बजार क्षेत्र केही समय तनावग्रस्त बनेको थियो भने स्थानीयवासी...
सुनसरी घटनामा छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

सुनसरी घटनामा छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

छलफल  लेखा समितिको बैठक कक्षमा हुने छ । छलफलमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टी समेत आमन्त्रण गरिएको छ ।
सुनसरी घटना प्रधानमन्त्री कार्यालयको विज्ञप्तीः शान्ति र सद्भाव कायम गर्न आग्रह

सुनसरी घटना प्रधानमन्त्री कार्यालयको विज्ञप्तीः शान्ति र सद्भाव कायम गर्न आग्रह

सो कार्यालयका प्रवक्ता हेमराज अर्यालले आज विज्ञप्ति जारी गरेर घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मिलाइएको जनाउँदै घटनाको सत्य तथ्य छानबिन गरी आगामी दिनमा...
नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता

नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता

प्रत्युत्तरमा अर्थमन्त्री डा. वाग्लेले सरकारले हालै तर्जुमा गरेको बजेटमा व्यक्त प्राथमिकताहरुको चर्चा गरे । सुशासन मार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै निजी क्षेत्रको लागि व्यवसायिक वातावरण अनुकूल बनाउनु...

भर्खरै