नेभिगेशन
समाज

निर्वाचनका लागि आवश्यक मतदान सामाग्री, जनशक्तिलगाएतका सवै व्यवस्था सम्पन्न

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वव्यवस्था सवै सम्पन्न भइसकेको बताएका छन् ।

प्रेस काउन्सिलले आइतबार काठमाडौंमा आयोजना गरेको मौन अवधि र मिडिया बिषयक अन्तक्र्रियामा भण्डारीले मतदान सामाग्री, जनशक्तिलगाएतका निर्वाचनका लागि आवश्यक सवै व्यवस्था सम्पन्न भइसकेको बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फागुन २१ गते हुने निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६९९ मतदातालाई २३ हजार १ सय १२ मतदान केन्द्रमा गएर मत दिने अधिकार सुरक्षित गरिएको उनले बताए । भण्डारीले मतदानका लागि धेरै समय कुर्न नपर्नेगरि प्रविधिमैत्री बनाइएको जानकारी दिए ।

Ncell
Extreme Energy

उनले आचारसंहिताको सवैले पालना गरेर निर्वाचनलाई सफल पार्नु सवैको दायित्व भएको धारणा व्यक्त गरेका थिए । निर्वाचनका लागि फागुन १८ गते मध्यरातीदेखि मौन अवधि सुरु हुने भएकाले यसको पूर्णपालना गर्न सञ्चारजगतलाई उनले आग्रह गरे ।

मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशित गर्न नहुने भन्दै उनले बरु मतदाता शिक्षा, निर्वाचन प्रक्रिया लगाएतका बिषयमा कलम चलाउन सुझाव दिए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न आयोग गम्भीर भएर लागेको भन्दै झुटा सामाग्री प्रचार गर्नेबिरुद्ध कारवाही प्रक्रिया अघि बढाइएको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पेट्रोल २०,  डिजेल ३० र एलपी ग्याँसको मूल्य १०० रुपैयाँ घट्यो

पेट्रोल २०, डिजेल ३० र एलपी ग्याँसको मूल्य १०० रुपैयाँ घट्यो

नयाँ मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ ५० पैसा पर्नेछ ।
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

यस प्रणालीमा सरुवासम्बन्धी आवेदनका लागि फ्ल्यागिङ प्रणाली समेत रहनेछ । यसले दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग गर्नेछ। साथै, कर्मचारीले...
महान्यायाधिवक्ता डा. नारायणदत्त कंडेलविरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

महान्यायाधिवक्ता डा. नारायणदत्त कंडेलविरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

‘अन्तरिम आदेश छलफलको लागि पेस हुन आएको प्रस्तुत रिट निवेदनपत्रको विषयमा प्रकृतिबाट पूर्ण सुनुवाई गरी निरुपण हुनुपर्ने देखिदा हाल अन्तरिम आदेश जारी गर्नु परेन ।’ आदेशमा भनिएको छ...