नेभिगेशन
समाज

आजदेखि एकसाता लामो सार्वजनिक बिदा सुरु

फागुपूर्णिमा, निर्वाचन, महिला दिवसका लागि आजदेखि एकसाता लामो सार्वजनिक बिदा सुरु भएको छ। 
शनिबारसमेत जोड्दा आजदेखि लगातार सात दिन सार्वजनिक बिदा हुने छ । 

यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ।
यही फागुन २०, २१ र २२ गते तीन दिन सरकारले निर्वाचन बिदा दिएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचनको बिदा सुरु हुनुअघि आज र भोलि होली पर्व परेको छ। होलीका लागि आज फागुन १८ गते पहाडी जिल्लामा सार्वजनिक बिदा छ भने भोलि फागुन १९ गते तराईका जिल्लामा सार्वजनिक बिदा छ। 

Ncell
Extreme Energy

निर्वाचनको बिदा सकिएको भोलिपल्ट फागुन २३ गते शनिबार परेको छ। फागुन २४ गते नारी दिवस परेको छ। हरेक वर्ष संसारभर ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ। त्यो दिन पनि सरकारले सार्बजनिक बिदा दिँदै आएको छ। 

निर्वाचन र होलीको कारण काठमाडौँका सडकमा आज सवारी साधन पातलो चलेका छन्। सार्वजनिक बिदा अवधि लामो हुने भएपछि यसपटक धेरै मानिस होली पर्व मनाउन र निर्वाचनमा सहभागी हुन काठमाडौँबाट गाउँ गएका छन्। 

तर नेपाल राष्ट्र बैंकले भने होली र निर्वाचनका सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना परे पक्राउ

सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना परे पक्राउ

साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा छ आज भारी वर्षाको सम्भावना

यी स्थानमा छ आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको...