नेभिगेशन
समाज

इरान आक्रमणको जवाफमा हिज्बुल्लाहले इजरायलमा हान्यो क्षेप्यास्त्र

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हत्याको बदला लिन भन्दै लेबनानबाट हिज्बुल्लाहले इजरायलमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ। 

हिज्बुल्लाहले इरानका सर्वोच्च नेता खामेनीको हत्याको बदला लिन आफूले इजरायलमा आक्रमण गरेको पुष्टि गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिज्बुल्लाह शिया मुस्लिम राजनीतिक र सैन्य संगठन हो, जसलाई इरानबाट बलियो समर्थन प्राप्त छ।
उक्त संगठनले इजरायलको अस्तित्वको अधिकारको विरोध गर्छ। 

Ncell
Extreme Energy

इजरायली सेनाका अनुसार, क्षेप्यास्त्र इजरायलका खुला क्षेत्रमा खसेका थिए।
इजरायली सेनाले पनि लेबनानमा जवाफी आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । 

अमेरिका र इजरायलले शनिबार इरानमा संयुक्त हवाई हमला गर्दा त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिएका छन्। 

जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका यूएईलगायत खाडी मुलुकमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ। 

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण जारी रहने बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...