नेभिगेशन
समाज

मध्यपूर्वमा रहेका नेपालीलाई प्रधानमन्त्रीको सन्देश, ‘सरकार तपाईंहरुकै साथमा छ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वी क्षेत्रमा रहेका सबै नेपालीहरुको सुरक्षामा सरकार कटिबद्ध रहेको बताएकी छिन् । 

आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावले सरकारलाई चिन्तित बनाएको बताइन् । उनले त्यस क्षेत्रका नेपालीहरुको सुरक्षामा कुनै कमजोरी हुन नदिइने पनि प्रतिबद्धता व्यक्त गरिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सम्बोधनमा भनेकी छिन्– आज संसारको अर्को कुनामा, मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको छ। इरान र वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ।’ प्रधानमन्त्री कार्कीले विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको बताइन् । उनले भनिन्– ‘त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो।’ 

Ncell
Extreme Energy

‘त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ’, उनले सम्बोधनमा भनेकी छिन्– ‘हामी हरदम तपाईँहरूको साथमा छौँ। नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ।’

अमेरिका र इजरायलले गत शनिबार बिहानै इरानमा आक्रमण थालेपछि अहिले मध्यपूर्णका आधा दर्जन देश युद्धको चपेटामा परेका छन्। यूएईमा एक नेपालीको मृत्यु भइसकेको सार्वजनिक भएको छ । मध्यपूर्वमा करिव बीस लाख नेपाली रहेको अनुमान छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’