नेभिगेशन
समाज

निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सबल र सुदृढ बनाउने उपराष्ट्रपति यादवको विश्वास

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरेका छन् ।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका अवसरमा सन्देश दिदै उनले निर्वाचनले राष्ट्रिय एकता र सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपराष्ट्रपति यादवले भने, “निर्वाचनमा सहभागी भई निर्धक्क भएर, कसैको प्रभाव वा दबाबमा नपरी, आफ्नो विवेक प्रयोग गरी मतदान गर्न सम्पूर्ण मतदातामा आग्रह गर्दछु ।” उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन अहोरात्र खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा पर्यवेक्षकको योगदान प्रशंसनीय रहेको बताए ।

Ncell
Extreme Energy

उपराष्ट्रपति यादवले मतदान प्रक्रियामा सहभागी हुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै सभ्य नागरिकको परिचय दिनसमेत आह्वान गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार नै निर्वाचन भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नागरिकले आफ्ना प्रतिनिधि आफैँ छनोट गर्ने यो लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आग्रह गरेका थिए ।

सन्देशमा उपराष्ट्रपति यादवले भने, “संविधानले दिएको बालिग मताधिकार प्रयोग गर्नु अधिकार मात्र होइन, देश र जनताको भविष्य निर्माण गर्ने कर्तव्य पनि हो । तपाईंको अमूल्य मतले देशमा शान्ति, सुशासन, स्थायित्व र समृद्धिको बाटो खोल्छ” ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका छन्।
चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...

भर्खरै