नेभिगेशन
समाज

रामेछाप दुर्घटनाः थप एक जनाको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौँ पठाइयो

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । 

यही फागुन २१ मा हुने निर्वाचनका लागि खटिएको  निर्वाचन टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको मिनी ट्रक आज दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा एक जनाको घटनास्थलमा र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनास्थलमै मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक आरपी यादव र साघुटार वडा कार्यालय ‘ख’ मतदान केन्द्रमा निर्वाचन अधिकृतका रूपमा खटिएका रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशवसिं धामीले जानकारी दिए । 

Ncell
Extreme Energy

दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये जिल्लाको खाँडादेवी गाँउपालिका–४ का ४७ वर्षीय सब्बरबहादुर मानन्धर, भीमबहादुर मानन्धर, रामेछाप नगरपालिका–२ का २८ वर्षीया सविना खड्का, मन्थली नगरपालिका–३ का ४७ वर्षीय केदारकुमार रोक्का र सर्लाहीको लालबन्दी नगरपालिका स्थायी ठेगाना भई हाल भीमेश्वर प्रसुन कँडेल माविका शिक्षक कृष्णप्रसाद घिमिरे र ठेगाना नखुलेकी २५ वर्षीया दुर्गा कार्कीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उक्त गाडी देउराली र साँघुटार गरी तीन वटा ‘बुथ’का निर्वाचन सामग्री, सुरक्षाकर्मी र मतदान अधिकृतसहितको टोली  लिएर गइरहेको थियो । मावि देउरालीको निर्वाचन सामग्री बुझाएर सिरुबारी र हिमगङ्गा मावि साँघुटारमा रहेका दुई वटा मतदान केन्द्रका सामग्री लिएर जाँदै गरेको अवस्थामा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजनप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । गाडी सडकबाट करिब २०० मिटरभन्दा तल खसेको  थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको छ।...
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

सेनाले खोजी तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ। उक्त कार्यका लागि रसुवा र नुवाकोटमा ४,२०० भन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म १,२०० भन्दा बढी...
सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।