नेभिगेशन
समाज

मतदाता लक्षित भिडियो पोस्ट भएपछि रवि लामिछानेको फेसबुक पेज ह्याक गर्ने प्रयास!

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक ह्याक गर्ने प्रयास भएको छ । अनाधिकृत पहुँचको बारम्बार प्रयास भएपछि लामिछानेको एकाउन्ट तथा पेज मेटाले ‘लक’ गरिदिएको छ । लामिछानेका स्वकिय सचिव अविनाश आचार्यका अनुसार बाह्य व्यक्तिहरूले पेजमा अनधिकृत पहुँच बनाउन पटक पटक प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेटाले लक गरेको जानकारी आएको छ । 

अहिले प्राविधिक टोली फेसबुक फिर्ता ल्याउन प्रयासमा छन् ।  पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र पुनः नियन्त्रणमा नआएसम्म उक्त पेजबाट कुनै पनि नयाँ सामग्री पोस्ट नहुने लामिछानेको सचिवालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पेज लक भएको अवस्थामा त्यहाँबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्कहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न र भ्रममा नपर्न पनि सचिवालयले आग्रह गरेको छ । 
हाल फेसबुकको सुरक्षा प्रक्रियाअनुसार पेजलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको र यसबिचमा आधिकारिक जानकारीका लागि पार्टीको वेबसाइट वा अन्य प्रमाणित सामाजिक सञ्जालहरू मात्र पछ्याउन सचिवालयले अनुरोध गरेको छ ।
लामिछानेले सोमबार साँझ निर्वाचन लक्षित भिडियो सामाग्री पोस्ट गरेका थिए । उक्त पोस्टमा उनको उच्च रिच थियो । 
लामिछानेको सचिवालयले भन्यो, भिडियो पोस्ट गरेपछि उनको पेजमा अनाधिकृत पहुँचको बारम्बार प्रयास भएको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले...
मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रधानमन्त्रीकाे आग्रह

मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रधानमन्त्रीकाे आग्रह

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । साथै, कोशी, बागमती, मधेश,...
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...