नेभिगेशन
समाज

मतदाता लक्षित भिडियो पोस्ट भएपछि रवि लामिछानेको फेसबुक पेज ह्याक गर्ने प्रयास!

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक ह्याक गर्ने प्रयास भएको छ । अनाधिकृत पहुँचको बारम्बार प्रयास भएपछि लामिछानेको एकाउन्ट तथा पेज मेटाले ‘लक’ गरिदिएको छ । लामिछानेका स्वकिय सचिव अविनाश आचार्यका अनुसार बाह्य व्यक्तिहरूले पेजमा अनधिकृत पहुँच बनाउन पटक पटक प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेटाले लक गरेको जानकारी आएको छ । 

अहिले प्राविधिक टोली फेसबुक फिर्ता ल्याउन प्रयासमा छन् ।  पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र पुनः नियन्त्रणमा नआएसम्म उक्त पेजबाट कुनै पनि नयाँ सामग्री पोस्ट नहुने लामिछानेको सचिवालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पेज लक भएको अवस्थामा त्यहाँबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्कहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न र भ्रममा नपर्न पनि सचिवालयले आग्रह गरेको छ । 
हाल फेसबुकको सुरक्षा प्रक्रियाअनुसार पेजलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको र यसबिचमा आधिकारिक जानकारीका लागि पार्टीको वेबसाइट वा अन्य प्रमाणित सामाजिक सञ्जालहरू मात्र पछ्याउन सचिवालयले अनुरोध गरेको छ ।
लामिछानेले सोमबार साँझ निर्वाचन लक्षित भिडियो सामाग्री पोस्ट गरेका थिए । उक्त पोस्टमा उनको उच्च रिच थियो । 
लामिछानेको सचिवालयले भन्यो, भिडियो पोस्ट गरेपछि उनको पेजमा अनाधिकृत पहुँचको बारम्बार प्रयास भएको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...