नेभिगेशन
समाज

सोविता गौतमको भनाई काटेर भ्रम फैलाउने प्रयास, के बोलेकी थिइन् ?(भिडियो सहित)

काठमाडौँ । निर्वाचनको मौन अवधिमा रास्वपाकी नेतृ तथा चितवन ३ कि उम्मेदवार सोविता गौतमको पुरानो अभिव्यक्तिलाई बंगाएर विवादमा तान्ने प्रयास भएको देखिएको छ ।

गौतमले चुनाव प्रचारका क्रममा ‘आदिवासी जनजाति समूदाय पैसामा बिक्छन्’ भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै सामााजिक सञ्जालमा भाइरल गराइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद् चितवनको लेटरहेडमा विज्ञप्ति जारी गर्दै सोविता गौतममाथि गम्भीर आक्षेप लगाएको थियो । 

Ncell
Extreme Energy

उक्त विज्ञप्तिमा सम्वोधनका क्रममा उम्मेदवार गौतमले यस क्षेत्रका वीर, इमानदार र सचेत आदिवासी समुदायलाई पैसाले किन्न सकिने र बिक्न सक्ने वर्ग भनि टिप्पणी गरेको आरोप लगाइएको छ । 

साथै गौतमलाई २४ घण्टा भित्र माफी माग्न भनिएको छ । तर गौतमले दिएको अभिव्यक्तिको पुरा भिडियोमा भने विवाद गरिएको जस्तो अभिव्यक्ति छैन । 

चुनाव प्रचारप्रसाका क्रममा माघ १३ चितवन  मतदाता भेट्न क्रममा सोविताले दिएको अभिव्यक्तिलाई तोडमोड गरिएको देखिन्छ । उनले थारु समुदायलाई सोझा र इमान्दार भनेर प्रसंसा गरेको देखिन्छ । 

साथै सोझा र इमान्दार वर्ग र समुदायाई पैसाले किन्न सक्ने वर्ग हो भन्ने सोचले यो समुदायलाई अन्याय भएको गौतमले बताएकी छिन् । 

गौतमले भनेकी छिन् ‘तपाईंहरुजस्तो इमान्दार वर्ग र समूदायलाई पैसाले किन्नसक्ने वर्ग हो भन्ने सोच बनाइराखेका छन् र यो तपाईंहरुमाथिको अन्याय हो’ । 

यो भनाईका सोझो आसय यो समूदायका बारेमा गलत भाष्य निमार्ण गरेर अन्याय भएको भन्दै यस्ता प्रवृतीविरुद्ध सचेत गराएकी थिइन् । 

उक्त भाषणमा सोविता गौतमले बोलेका शब्दहरु यस्ता थिएः

‘यो समूदाय, तपाईंहरुको गुरुङ थारु समूदाय वास्तवमा भन्ने हो भने निकै सोझो समुदाय हो । एकचोटि बोलिसकेपछि जे भन्छ, त्यसमा अडिक रहन्छ । एकदम इमान्दार समूदाय हो । तपाईंहरुको समूदायलाई धोका पनि धेरै दिइन्छ । एउटालाई भनेपछि हुन्छ यो समूदायलाई भन्ने किसिमको सोच राखिन्छ । निर्वाचनको अन्तिम अन्तिम समयमा भनिन्छ, ए त्यो ठाउँमा त फलानो चिज दिएपछि हुन्छ भन्ने किसिमको कुराहरु बाहिर सुनिन्छ । हेर्नुस तपाईंहरुजस्तो इमान्दार वर्ग र समूदायलाई आज पैसाले किन्न सक्ने बर्ग हो भन्ने सोच बनाइराखेका छन् । यो आफैंमा तपाईंहरुमाथि गरेको अन्याय हो । अन्तिम समयमा आएर तपाईंहरुलाई प्रभावित पार्ने, केही कुरा दिएझैं गर्ने मनसायले कोही मानिसहरु आउँछन् भने त्यसमा स्पष्ट हुनुस ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’