नेभिगेशन
समाज

मध्यपूर्वमा रहेका नेपालीको उद्दार गर्न परराष्ट्र मन्त्रालयद्वारा आपतकालीन उद्धार टोली गठन

काठमाडौँ । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षाका साथै उद्दारका लागि समन्वय गर्न आपतकालीन उद्धार टोली गठन गरेको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले परराष्ट्र सचिवको संयोजकत्वमा बहु–सरोकारवाला आपतकालीन उद्धार टोली(इमरजेन्सी रेस्पोक्स टीम) गठन गरिएको जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकोरवाला निकायहरूबीच अन्तरनिकाय समन्वय गर्ने, उद्धारको लागि आवश्यक र उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिने तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गर्ने लगायतको प्रयोजनको लागि आपतकालीन उद्धार टोली गठन भएको उनले बताए । उनले मध्यपूर्वमा भएको पछिल्लो घटनाक्रमका सन्दर्भमा नेपाली नागरिकको सुरक्षाको प्रत्याभूतिको लागि उच्च महत्व दिइरहेको जानकारी सम्बन्धीत देशका दूतावासबाट जानकारी हुन आएको उल्लेख गरे ।

Ncell
Extreme Energy

खड्काले बिभिन्न बिमानस्थलको ट्रान्जिटमा करिव एक हजारको संख्यामा नेपाली नागरिक रहेको हुन सक्ने भन्दै उनीहरुको सम्बन्धीत एयरलाइन्सहरुले व्यवस्थापन गरिरहेको बताए । ट्रान्जिटमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने अथवा अन्यत्र कसरी पठाउने भन्ने बिषयमा सम्बन्धीत एयरलाईन्सले नै त्यसको जिम्मा लिनुपर्ने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।
भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको पूर्वाधार विकासमन्त्रीको सचिवालयले जनाएको छ । बाढीका...
तिब्बतमा भूकम्प,नेपालमा बाढी !

तिब्बतमा भूकम्प,नेपालमा बाढी !

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ घण्टामा  २७ करोड ३३ लाख सहयोग संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ घण्टामा २७ करोड ३३ लाख सहयोग संकलन

अर्थमन्त्रालयका अनुसार पछिल्लो ६ घण्टामा विभिन्न १० वटा निजी संघसंस्थाबाट २७ करोड ३३ लाख संकलन भएको छ ।