नेभिगेशन
समाज

वीरगञ्जमा बम बनाउने सामान सहित नेकपाका उम्मेदवार मनोज कुमार चौधरी पक्राउ

सुतली बम–२ थान, सुँगुरो आकारको टाइन–२ थान र वायरिङ तार करिब १० मिटर बरामद

पर्सा । वीरगञ्जमा बम बनाउने सामान सहित  गाडीमा  सवार वीरगञ्जमा नेकपाका उम्मेदवार मनोज कुमार चौधरी पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्साले बम बनाउने सामान बोकेर हिडेका उम्मेदवार सहित चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गएराति पर्सागढी नगरपालिका–३ बड्निहार बजारस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच टोलीले नियमित जाँचका क्रममा बड्निहारतर्फ जाँदै गरेको बा २० च १२५० नम्बरको गाडीमाथि शंका लागेपछि चेकजाँच गरेको थियो ।

Ncell
Extreme Energy

चेकजाँचका क्रममा गाडीको पछाडिको डिक्कीभित्र पहेँलो टेपले बेरेको चौपाटो आकारको टिनको बट्टाभित्र शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त वस्तु बम रहेकाले फेला परेपछि गाडीमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।

नियन्त्रणमा लिइएकामध्ये वीरगञ्ज महानगरपालिका–२ बस्ने वर्ष ४६ का मनोज कुमार चौधरी (नेपाल कम्युनिष्ट पार्टी) क्षेत्र नं। २ का उम्मेदवार, बारा प्रसौनी गाउँपालिका–५ बस्ने वर्ष २६ का सहज आलम अन्सारी, धनुषाधाम नगरपालिका–१ बस्ने वर्ष ३० का सुरज कर्ण र वीरगञ्ज महानगरपालिका–३ बस्ने वर्ष ६८ का सत्यनारायण थारु रहेका छन ।

यसैगरी, विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित स्थानबाट निर्वाचन लक्षित एकीकृत सुरक्षा टोलीले सुतली बम–२ थान, सुँगुरो आकारको टाइन–२ थान र वायरिङ तार करिब १० मिटर बरामद गरेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

sutali-boom-1024x507-1772598492.jpg
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्ति विरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिएका छन ।

WhatsApp-Image-2026-03-04-at-09.59.11-1772598953.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’