नेभिगेशन
समाज

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार वटा मदिरा पसल सिल

रुपन्देही । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्रीवितरणमा लगाइएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानबाट मङ्गलबार रातिसम्म चारवटा मदिरा पसल सिल गर्नुका साथै मदिरा बिक्रीवितरण तथा ओसारपसारमा संलग्न ११ जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ बुद्धचोकस्थित एक रेष्टुरेन्टबाट सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । त्यसैगरी मायादेवी गाउँपालिका–५ गोनाहा चोकस्थित मदिरा पसलबाट ‘दामी’ र ‘इश्क’ नाम लेखिएका ११० बोतल मदिरा बरामद गरिएको सूचना अधिकारी चन्दले बताए ।

Ncell
Extreme Energy

यस्तै शुद्धोधन गाउँपालिका–७ भगलापुर र वडा नं ३ सियाभारस्थित रेष्टुरेन्टबाट दुई जना सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निषेधित अवधिमा मदिराको कारोबार गरेको पाइएपछि सम्बन्धित पसललाई सिल गरिएको हो । जिल्लाभर मदिरा नियन्त्रणका लागि विशेष टोली परिचालन गरी अनुगमनलाई कडा पारिएको सूचना अधिकारी चन्दले जानकारी दिए ।

स्थानीय प्रशासनले निर्वाचन अवधिभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्रीवितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध गरेको जनाएको छ । निषेध आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

निर्वाचन आचारसंहिताविपरीत गतिविधिमा संलग्न व्यक्तिहरूको निरन्तर निगरानी भइरहेको जनाउँदै प्रहरीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक कदम सशक्त रूपमा अघि बढाइने जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री, मन्त्रीहरूलाई संसदमा टि–सर्ट लगाएर आउन रोक लगाइयोस्– एमाले सांसद पोखरेल

प्रधानमन्त्री, मन्त्रीहरूलाई संसदमा टि–सर्ट लगाएर आउन रोक लगाइयोस्– एमाले सांसद पोखरेल

नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले संसद्को गरिमा कायम गर्न सांसद तथा प्रधानमन्त्री–मन्त्रीका लागि संसदीय पोसाकसम्बन्धी स्पष्ट अनुशासन कायम गर्न माग गरेका छन् ।
मानव बेचबिखन र जबरजस्ती करणीका फरार प्रतिवादी कतारबाट पक्राउ

मानव बेचबिखन र जबरजस्ती करणीका फरार प्रतिवादी कतारबाट पक्राउ

मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक प्रतिवादीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
सुरु भयो अर्थमन्त्री वाग्लेसँग २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिको छलफल

सुरु भयो अर्थमन्त्री वाग्लेसँग २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिको छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आह्वान गर्नुभएको नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफल सुरु भएको छ।
यलुङ रि हिमालमा बेपत्ता ५ जनाको ९ महिनापछि शव भेटियो

यलुङ रि हिमालमा बेपत्ता ५ जनाको ९ महिनापछि शव भेटियो

गत कार्तिकमा हिमाल आरोहणका लागि गएका नेपाली र विदेशी नागरिकसहितको १५ जनाको टोली हिमपहिरोमा परेका थिए।  त्यतिबेला ८ जनाको सकुशल उद्दार गरिएको थियो भने २ जना मृत भेटिएका...