नेभिगेशन
समाज

देशका ७७ वटै जिल्लामा निर्वाचनको तयारी पूरा

काठमाडौँ । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बिहीवार बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ ।

Ncell
Extreme Energy

बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिए । उनका अनुसार सो छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुका साथै सुरक्षा अवस्था सामान्य रहेकोबारे जानकारी गराइएको छ ।

बैठकमा जिल्लाको निर्वाचन तयारी, विद्यमान अवस्था, केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ । शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशिलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको सहप्रवक्ता आचार्यले जानकारी दिए।

गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए । बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदानस्थलमा पुगेको जानकारी दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...