नेभिगेशन
समाज

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

म्याग्दी । बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको बजारभित्रको सडकमा ढुङ्गाको स्ल्याप बिछ्याउन थालिएको छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वरको बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना सञ्चालन भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रु ६४ लाख सात हजार लागत अनुमान गरिएको गलेश्वर बजार सौन्दर्यकरण योजना निर्माणका लागि गत मङ्सिर महिनामा रिभर इडेग इन्जिनियरिङ एण्ड बिल्डर्सले रु ४८ लाख ७४ हजार २७७ मा ठेक्का सम्झौता गरेको थियो ।

Ncell
Extreme Energy

योजनामार्फत गलेश्वर मन्दिरको प्रवेशद्वारदेखि बसपार्कतर्फ ढुङ्गा बिछ्याउने काम सुरु भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले जानकारी दिनुभयो । गलेश्वर बजार सौन्दर्यकरण योजना बेनी नगरपालिकाको गौरवको आयोजना हो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोष र बेनी नगरपालिकाको लागत साझेदारीमा गत वर्षदेखि सुरु भएको यो योजनाले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ ।

यस वर्ष दुई ९५ मिटर दूरी सडकमा एक हजार सात सय १८ दशमलव पाँच घनमिटर ‘स्लेट’ ढुङ्गा बिछ्याउने र ३० मिटर लामो नाली निर्माण हुने बेनी नगरपालिकाका सव इञ्जिनियर मिलन केसीले बताए । गत वर्ष गलेश्वर प्रवेशद्वारदेखि मन्दिरतर्फ १०६ मिटर दूरीमा सात हजार १०० घनमिटर ढुङ्गा बिछ्याउनुका साथै ५३ घनमिटर पर्खाल र २० मिटर पलम नाली निर्माण भएको छ ।

सडकलाई सम्माउने, नाली र पर्खाल बनाएर भुईँमा ढलान र कालोपत्रको विकल्पमा दुई इञ्च बाक्लो ‘कटिङ’ ढुङ्गा बिछ्याएर सिमेन्टले जमाउने काम भैरहेको छ ।  मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनिहरुको बसाई लम्बाउने उद्देश्यले सुरु गरिएको सौन्दर्यकरणको योजनालाई निरन्तरता दिने वडाध्यक्ष केसीले बताए।

गलेश्वर बजारभित्रको सडकमा ढुङ्गा बिछ्याएपछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी कोरिडोरको सडकबाट मात्र आवतजावतको व्यवस्था मिलाइने उनले बताए । भुईँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरे बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचनाको ढाँचा गरिएको छ ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गर्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संविधान संशोधन गरेर आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतका हकहित समेटिनुपर्छ– आङ्देम्बे

संविधान संशोधन गरेर आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतका हकहित समेटिनुपर्छ– आङ्देम्बे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनमार्फत आदिवासी जनजाति, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका हकहितका विषय समेटिनुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकका यी हुन् ८ एजेन्डा

कांग्रेस केन्द्रीय समिति बैठकका यी हुन् ८ एजेन्डा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा ८ वटा एजेन्डा प्रस्तुत गरिएको छ ।
हराएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

हराएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरी (पलेस्वाँ पुखू) यतिबेला ढकमक्क कमल फुलेर झनै मनमोहक बनेको छ । पानीमाथि तैरँदै फक्रिएका कमलका चित्ताकर्षक फूल र हरिया पातले पोखरीलाई...