नेभिगेशन
समाज

देवघाटमा देखियो घडियाल गोही

चितवन । गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ । केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो ।

मलामी जाने क्रममा स्थानीय उपेन्द्र पण्डितले देवघाटको गैँडाकोटतर्फको बगरमा घाम तापिरहेको घडियाल गोही देखेपछि पत्रकार रमेशकुमार पौडेललाई जानकारी दिए । मलामी गएका धेरैले गोही देखेका उनको भनाइ छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रकार पौडेलले केहीदिन अघि स्थानीय बोटेले नदी बगरमा गोही देखेको बताए । उनले भने, “चितवन राष्ट्रिय निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत स्वर्गीय वेदबहादुर खड्काले निकुञ्जमा कार्यरत रहँदा देवघाट नजिकको नारायणी र कालीगण्डकी किनार घडियाल गोहीका लागि उपयुक्त बासस्थान रहेको बताउनुभएको थियो । प्रदुषण बढ्दै गएपछि यो क्षेत्रमा घडियाल गोही देख्न छाडिएको उहाँले बताउनुहुन्थ्यो”।

Ncell
Extreme Energy

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनास थापा मगरले घडियाल गोही बगेको सफा पानीमा बस्ने, माछा खाने प्राणीका रूपमा रहेको बताए । नदी र खोलामा भएको प्रदूषण, मानवीय अतिक्रमण र माछाको कमीले घडियाल हराउँदै गएका उनको बुझाइ छ ।

स्थानीय बोटे समुदायका अनुसार देवघाट र वरपरको क्षेत्रमा करिब ३५ वर्षयतादेखि घडियाल गोही देखिन छोडेको थियो । निकुञ्जका सूचना अधिकारी मगरले भने, “यहाँका ज्येष्ठ नागरिकका भनाइअनुसार झण्डै ३५ वर्षयतादेखि देवघाट क्षेत्रमा घडियाल देखिएको थिएन । अहिले देखिएको गोही यहाँको रैथाने हो वा अन्यत्रबाट आएको हो अध्ययन गर्नुपर्ने छ ।”

घडियाल संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा प्रजनन केन्द्र रहेको छ । जहाँ राप्ती र नारायणी नदी किनारमा जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरी यहाँ ल्याएर बच्चा हुर्काउने गरिन्छ । हुर्किएका बच्चालाई पुनः नदीहरूमा छाड्ने गरिएको छ । विगतमा कालीगण्डकीमा समेत हुर्किएका घडियाल गोही छाडिँदै आउने भए पनि संरक्षण हुन नसकेपछि निकुञ्ज आसपासका राप्ती र नारायणी नदीमा मात्रै छोड्ने गरिएको थापा मगरले बताए ।

पछिल्लो पटक गत पुसमा सार्वजनिक भएको गणना अनुसार राप्तीमा २३१ र नारायणीमा १३५ घडियाल गोही फेला परेका छन् । देवघाट क्षेत्रमा गोही नदेखिने भएकाले पछिल्ला वर्षहरूमा गणना हुन छाडेको मगरले बताए। देवघाटमा गोही देखिनुलाई महत्वका साथ हेरिएको भन्दै उनले यसबारे थप अध्ययन गरिने जानकारी दिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हुलाकको पुनर्जन्मः घरघरमा राहदानीदेखि डिजिटल ट्रयाकिङसम्म

हुलाकको पुनर्जन्मः घरघरमा राहदानीदेखि डिजिटल ट्रयाकिङसम्म

सरकारले नेपालको हुलाक सेवालाई समयसापेक्ष, प्रविधिमैत्री र प्रभावकारी बनाउन ‘एक स्थानीय तह एक हुलाक’ अवधारणा र सरकारी कुरियर सेवा कार्यान्वयनमा ल्याएदेखि हुलाक कार्यालयमा सेवा लिन आउनेको संख्या बढ्न...
राहदानीका डीजीसहित ५ जनालाई धरौटीमा छाड्न आदेश

राहदानीका डीजीसहित ५ जनालाई धरौटीमा छाड्न आदेश

विशेष अदालतले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाईको भ्रष्टाचार मुद्दामा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
हटाइयो गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा

हटाइयो गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सिंहदरबार गएको प्रहरी टोलीले आज गृहमन्त्री र गृहसचिव चढ्ने गाडीको कालो सिसा हटाएको हो ।
कारबाहीमा भन्सार विभागका महानिर्देशक भण्डारी, उपल्लो निकायलाई ढाँटेको आरोप

कारबाहीमा भन्सार विभागका महानिर्देशक भण्डारी, उपल्लो निकायलाई ढाँटेको आरोप

सोमबार मन्त्री स्तरीय निर्णय गर्दै भन्सार विभागका महानिर्देशक भण्डारीलाई कारबाही गरेको हो ।