नेभिगेशन
समाज

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य सेवा समन्वय गर्नका लागि सङ्घ र प्रदेशमा समन्वयकर्ता तोकेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्नका सङ्घका छ जना सङघमा र सातवटै प्रदेशमा सात जना समन्वयकर्ता तोकिएको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्नका लागि स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका छ जना र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सात जना तोकिएको छ ।

Ncell
Extreme Energy

सङ्घमा बन्दना भट्ट, डा नवराज जोशी, नरमाया रिजाल, विमला महर्जन, गोपाल पाण्डे र श्रीया सुवेदी रहनुभएको छ । यस्तै कोशी प्रदेशमा डा सभ्यता सुवेदी, मधेसमा फुलेन्द्र यादव, बागमतीमा दिनेश रुपाखेती, गण्डकीमा बुद्धिसागर अधिकारी, लुम्बिनीमा नोधनारायण चौधरी, कर्णालीमा श्यामलाल आचार्य र सुदूरपश्चिम प्रदेशमा हेमराज जोशी रहेका छन् ।

“समन्वयकर्ताले निर्वाचनको दिन सम्भावित घटनाका घाइतेलाई अस्पतालसम्म पुर्याउने र उपचारसम्मको व्यवस्थाका लागि समन्वय गर्ने छन्”, मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले भन्नुभयो । मन्त्रालयले यसअघि नै  सबै अस्पतालमा  ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्न निर्देशनसमेत दिइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालबालिका पनि कांग्रेसको क्रियाशील सदस्य, कानुन र पार्टी विधानविपरीत बनाइयो प्रतिनिधि

बालबालिका पनि कांग्रेसको क्रियाशील सदस्य, कानुन र पार्टी विधानविपरीत बनाइयो प्रतिनिधि

आफूलाई विधिको शासनको हिमायती दाबी गर्ने पार्टी नेपाली कांग्रेसले देशको कानुन र आफ्नै विधानविपरीत बालबालिकालाई समेत क्रियाशील सदस्यता दिएको सार्वजनिक भएको छ ।
कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले...
मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रधानमन्त्रीकाे आग्रह

मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रधानमन्त्रीकाे आग्रह

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । साथै, कोशी, बागमती, मधेश,...
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...