नेभिगेशन
समाज

६१ वटा दुर्गम ठाउँका मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी र संकलनको विशेष कार्ययोजना तयार पारेको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार मतदान अगावै हुम्ला र डोल्पाका अति दुर्गम २७ स्थानमा हेलिकप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याइसकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसमा डोल्पाका २३ वटा र हुम्लाका ४ वटा मतदान केन्द्र रहेका छन् ।

Ncell
Extreme Energy

यी मतकेन्द्र सहित ताप्लेजुङ्गदेखि दार्चुलासम्मका ६१ स्थानबाट यो मतदान पछाडिको ब्यालेट बक्सहरू हेलिबाट संकलन हुने छन् । 

भौगोलिक रूपमा विकट मानिएका हिमाली तथा पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री र जनशक्ति पुर्‍याउन तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन आयोगले हेलिकप्टरको प्रयोग गर्ने भएको हो ।

ताप्लेजुङदेखि दार्चुलासम्मका ती ६१ स्थान बाहेक अन्य सुगम र सडक सञ्जाल जोडिएका स्थानहरूमा भने सवारी साधनमार्फत नै मतपेटिका संकलन गरिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।
केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट...
५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरू, २४१ पालिकामा भोलि र पर्सि

५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरू, २४१ पालिकामा भोलि र पर्सि

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनअन्तर्गत तोकिएको कार्यतालिका अनुसार, आज ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन सुरु भएको छ ।
बालबालिका पनि कांग्रेसको क्रियाशील सदस्य, कानुन र पार्टी विधानविपरीत बनाइयो प्रतिनिधि

बालबालिका पनि कांग्रेसको क्रियाशील सदस्य, कानुन र पार्टी विधानविपरीत बनाइयो प्रतिनिधि

आफूलाई विधिको शासनको हिमायती दाबी गर्ने पार्टी नेपाली कांग्रेसले देशको कानुन र आफ्नै विधानविपरीत बालबालिकालाई समेत क्रियाशील सदस्यता दिएको सार्वजनिक भएको छ ।

भर्खरै