नेभिगेशन
समाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधवार  सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए । राष्ट्रिय सुरक्षाका विविध चुनौती तथा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय क्षेत्रमा विकसित घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभावका साथै भावी रणनीतिबारे छलफल भएको थियो ।

Ncell
Extreme Energy

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल लगायतकाको सहभागी रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो

प्रहरीका अुनसार, रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३२, गोरखामा ३०, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।
विदेशमा रहेका नेपाली र दाताले यसरी गर्नुहोस् सरकारी कोषमा राहत रकम जम्मा

विदेशमा रहेका नेपाली र दाताले यसरी गर्नुहोस् सरकारी कोषमा राहत रकम जम्मा

यस पोर्टलमार्फत डोमेस्टिक वा अन्तर्राष्ट्रिय कार्ड तथा नेपालपे क्यूआर कोडमार्फत मोबाइल बैंकिङ, कनेक्टआईपीएस, वालेट वा अलिपे प्लस प्रयोग गरी नेपाली रुपैयाँमा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ...
विपद्‍मा खटिएका सुरक्षाकर्मीको खाजा खर्च र भत्ता वृद्धि

विपद्‍मा खटिएका सुरक्षाकर्मीको खाजा खर्च र भत्ता वृद्धि

विपद् व्यवस्थापनलाई अझ प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने टोलीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउनु अपरिहार्य भएकाले सरकारले यो सुविधा परिमार्जन गरेको हो।
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै

भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै

घाइते हुनेहरुमा तेजबहादुर तामाङ, पेमा तामाङ, पवित्र कार्की, राजेन्द्र भट्ट, मीनबहादुर श्रेष्ठ, गिरिलाल बुढाथोकी, सुजन बस्नेत, रुपक रोका, सुशान्त श्रेष्ठ, बलबहादुर घर्ती, अशोक श्रेष्ठ, कर्मा योन्जन नगरकोटी, रामप्रसाद...