नेभिगेशन
समाज

रूपन्देही २ का रास्वपा उम्मेदवार सुलभ खरेलमाथि आक्रमण

रुपन्देही । रूपन्देही २ का रास्वपा उम्मेदवार सुलभ खरेल र उनको सचिवालयमा आक्रमण भएको छ । खरेलको सचिवालयमै पुगेर अज्ञात समूहले केहीबेर अघि आक्रमण गरेको हो । 

बुटवल बसपार्क नजिकै रहेको होटल नमोबुद्धमा रहेको उनको सचिवालयमा प्रवेश गरेर अज्ञात समूहले उम्मेदवार खरेल र सचिवालयमा रहेका रास्वपा नेता तथा कार्यकर्तामाथि कुटपिट गरेको उम्मेदवार खरेलले सिधाकुरालाई बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

"हेलमेट लगाएर आएका १५ /२० जनाको समूहले आक्रमण गरे । चार जना साथीहरुमाथि आक्रमण भएको छ," खरेलले सिधाकुरासँग भने, "मलाई सचिवालयका साथीहरूले सुरक्षित ठाउँमा पुर्याएका छन् । "

Ncell
Extreme Energy

खरेलसँगै रहेका रास्वपा स्थानीय नेता पोशन पाण्डेकाअनुसार होटलमा बुझ्न भनेर छिरेका उनीहरूले हेलमेट तथा प्रहरीको लट्ठी खोसेर कुटपिटमा उत्रिएका हुन् । कुटपिट गर्ने समूहमा एमालेका युवा नेता बाबुराम पन्थी लगायत रहेको पनि उनले बताए । 

कुटपिटबाट ४ जना घाइते भएको पनि पाण्डेले जानकारी दिए । उक्त समूहको कुटिपटबाट सैनामैना नगरपालिकाका पूर्वमेयर चित्रबहादुर कार्की घाइते भएका छन् । अहिले प्रहरीले सो घटनाको अनुसन्धान अघि बढाएको छ ।

रूपन्देहीका प्रहरी प्रमुख जनक बहादुर शाहीले सिधाकुरासँग कुरा गर्दै उम्मेदवारमाथि आक्रमण नभएको र अन्य घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । यो क्षेत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र रास्वपाका खरेल मुख्य प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै