नेभिगेशन
समाज

एमाले अध्यक्ष ओलीसहितका यी नेताहरु को कहाँबाट गर्दै छन् मतदान ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्ने भएका छन् ।

उनले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै पार्टीका वरिष्ठ नेता ईश्वर पोखरेलले काठमाडौँबाट मतदान गर्ने भएका छन् । उनले काठमाडौँको टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्ने जनाइएको छ ।

Ncell
Extreme Energy

त्यस्तै नेता सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका–५ भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गर्दै छन् भने, पार्टीका महासचिव शङ्कर पोखरेलले दाङको तुलसीपुर उपमहानगरापलिका–१८ विजौरीस्थित जनता संस्कृत मावि मतदान केन्द्रमा गएर मतदानमा सरिक हुने जनाइएको छ ।

यता उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गर्ने भएका छन् । उनले जिल्लाको मैवाखोला गाउँपालिकास्थित नारायणी मावि मतदान केन्द्रमा पुगेर मतदानमा सरिक हुने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
डिडिसीको बक्यौताबारे गगन थापाले बोलेका कुराको सत्यता बताइदिन सुशान्त वैदिकले गरे सरकारसँग माग

डिडिसीको बक्यौताबारे गगन थापाले बोलेका कुराको सत्यता बताइदिन सुशान्त वैदिकले गरे सरकारसँग माग

दुग्ध विकास संस्थापनको बक्यौता घटेकोबारे नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्त गरेको धारणाको सत्यतथ्य बताइदिन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले माग गरेका छन् ।
प्रधानमन्त्री, मन्त्रीहरूलाई संसदमा टि–सर्ट लगाएर आउन रोक लगाइयोस्– एमाले सांसद पोखरेल

प्रधानमन्त्री, मन्त्रीहरूलाई संसदमा टि–सर्ट लगाएर आउन रोक लगाइयोस्– एमाले सांसद पोखरेल

नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले संसद्को गरिमा कायम गर्न सांसद तथा प्रधानमन्त्री–मन्त्रीका लागि संसदीय पोसाकसम्बन्धी स्पष्ट अनुशासन कायम गर्न माग गरेका छन् ।

भर्खरै