नेभिगेशन
समाज

रास्वपाका वरिष्ठ नेता बालेन शाहले सिनामंगलबाट गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मतदान गरेका छन् । उनले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

उनी रास्वपाबाट झापा–५ को उम्मेदवार छन् । बिहान साढे ७ बजे मतदान गरेका उनी आजै आफ्नो उम्मेदवारी भएको निर्वाचन क्षेत्र झापा ५ जाँदै छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान ७ बजेबाट देशैभर मतदान सुरु भएको छ । मतदाताहरु मतदानका लागि नजिकको मतदान केन्द्रमा लाम बस्न थालेका छन् । 

Ncell
Extreme Energy

निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरेको छ ।

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् ।

यस्तै, एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।

यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि टेकुबाट एलपी ग्यास वितरण सुरु

उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि टेकुबाट एलपी ग्यास वितरण सुरु

हालै मन्त्री यादवले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन नेपाल आयल...
सहकारी कसुर हेर्ने छुट्टै इजलास गठनकाे माग सहित  मन्त्री रावलले बुझाइन्  प्रधानन्यायाधीशलाई प्रतिवेदन

सहकारी कसुर हेर्ने छुट्टै इजलास गठनकाे माग सहित  मन्त्री रावलले बुझाइन्  प्रधानन्यायाधीशलाई प्रतिवेदन

कार्यदलको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटनाभन्दा फरक, ठूलो संख्यामा नागरिकको जीवन, सम्पत्ति र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक–आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ। यस्ता मुद्दाको प्रभावकारी...
तीन लाख घुस  माग्ने  भूमि प्रशासनका कर्मचारीसहित पाँच नियन्त्रणमा

तीन लाख घुस माग्ने भूमि प्रशासनका कर्मचारीसहित पाँच नियन्त्रणमा

कार्यालयका नायबसुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवालसमेतको मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामका लागि दुःख हैरानी दिई सेवाग्राहीसँग तीन लाख...