नेभिगेशन
समाज

धादिङ २ खनायोबासमा काँग्रेस, एमाले र नेकपा मिले, रास्वपाका मतदातामाथि घेराबन्दी

धादिङ । धादिङ २ मा काँग्रेस, एमाले र नेकपा मिलेर बुथ कब्जाको प्रयास गरेका छन् । जिल्लाको खनायोबास गाउँपालिका एकमा रहेको बेन्दीदेवी मतदान केन्द्र कब्जा गरेर तीन पुराना दलले रास्वपाका मतदाता रोक्ने प्रयास गरेका हुन् । 

स्थानीय मतदाताले सिधाकुरालाई दिएको जनाकारीअनुसार मतदान केन्द्र जान हिँडेका करिब २ सय बढी मतदातालाई अक्थली भीरबाट ढुङ्गा खसाएर रोकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘बुथमा पुराना दललाई कम मत खसेको छ । यताबाट जाने मतदाता रास्वपाकै धेरै छौँ । हामीलाई रोकेर कांग्रेस, एमाले र नेकपाले बुथ कब्जाको प्रयास गरेका छन् । हामी जान सकेका छैनौँ,’ एक मतदाताले सिधाकुरासँग फोनमा भने ।

Marvel
Extreme Energy

साथै मतदान केन्द्रमा रहेका रास्वपा प्रतिनिधिलाई पनि काँग्रेस, एमाले र नेकपामा मानिसद्वारा दुर्व्यवहार गरिएको उनीहरूको भनाई छ । यता जिल्ला प्रहरी कार्यालय धादिङले भने कसैले पनि बुथ कब्जाको परिकल्पना समेत नगर्न चेतावनी दिएको छ । 

विवाद आएपछि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी तत्काल घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ‘मतदानमा सहभागी हुन अवरोध गरिएको भन्ने सुनिएपछि प्रहरी परिचालन गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् प्रहरी

नायब उपरीक्षक प्रकाश दाहालले ‘बुथ कब्जा हुन सक्दैन, मत खसाउन कसैलाई रोक्न पाइन्न । ’ उनले सम्भवत बाटो खुलीसकेको  शान्तिपूर्ण रुपमा मतदान हुने पनि विश्वास व्यक्त गरे ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...