नेभिगेशन
समाज

धादिङ २ खनायोबासमा काँग्रेस, एमाले र नेकपा मिले, रास्वपाका मतदातामाथि घेराबन्दी

धादिङ । धादिङ २ मा काँग्रेस, एमाले र नेकपा मिलेर बुथ कब्जाको प्रयास गरेका छन् । जिल्लाको खनायोबास गाउँपालिका एकमा रहेको बेन्दीदेवी मतदान केन्द्र कब्जा गरेर तीन पुराना दलले रास्वपाका मतदाता रोक्ने प्रयास गरेका हुन् । 

स्थानीय मतदाताले सिधाकुरालाई दिएको जनाकारीअनुसार मतदान केन्द्र जान हिँडेका करिब २ सय बढी मतदातालाई अक्थली भीरबाट ढुङ्गा खसाएर रोकिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘बुथमा पुराना दललाई कम मत खसेको छ । यताबाट जाने मतदाता रास्वपाकै धेरै छौँ । हामीलाई रोकेर कांग्रेस, एमाले र नेकपाले बुथ कब्जाको प्रयास गरेका छन् । हामी जान सकेका छैनौँ,’ एक मतदाताले सिधाकुरासँग फोनमा भने ।

Ncell
Extreme Energy

साथै मतदान केन्द्रमा रहेका रास्वपा प्रतिनिधिलाई पनि काँग्रेस, एमाले र नेकपामा मानिसद्वारा दुर्व्यवहार गरिएको उनीहरूको भनाई छ । यता जिल्ला प्रहरी कार्यालय धादिङले भने कसैले पनि बुथ कब्जाको परिकल्पना समेत नगर्न चेतावनी दिएको छ । 

विवाद आएपछि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी तत्काल घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ‘मतदानमा सहभागी हुन अवरोध गरिएको भन्ने सुनिएपछि प्रहरी परिचालन गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् प्रहरी

नायब उपरीक्षक प्रकाश दाहालले ‘बुथ कब्जा हुन सक्दैन, मत खसाउन कसैलाई रोक्न पाइन्न । ’ उनले सम्भवत बाटो खुलीसकेको  शान्तिपूर्ण रुपमा मतदान हुने पनि विश्वास व्यक्त गरे ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्...
खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् ।  त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ ।
भोटेकोशी बाढीः त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त, सौर्य प्लान्टको ब्लक पनि बगायो

भोटेकोशी बाढीः त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त, सौर्य प्लान्टको ब्लक पनि बगायो

बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिए । “टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर...