नेभिगेशन
समाज

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको छ । यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खसेको जम्मा दुई लाख ५१ हजार ३६८ मतमध्ये १० हजार ६९८ मत बदर भएको हो ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बदर प्रतिशत ४.२५ रहेको छ । जिल्लामा सबैभन्दा बढी क्षेत्र नं १ मा बदर भएको छ । जहाँ ८० हजार ४४६ मत खसेकामा चार हजार ५७ मत बदर भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, क्षेत्र नं ३ मा ८८ हजार ६१७ मत खसेकामा तीन हजार ७७६ मत बदर भएको छ भने क्षेत्र नं २ मा ८२ हजार ३०५ मत खसेकामा दुई हजार ८६५ मत बदर भएको छ । तर, जिल्लामा विगतका भन्दा भने यो निर्वाचनमा बदर मत घटेको छ । २०७९ सालको निर्वाचनमा चार लाख १४ हजार ९५६ मत खसेकामा १४ हजार ७०९ मत बदर भएको थियो । जुन ५.९२ प्रतिशत थियो ।

Marvel
Extreme Energy

विगतमा गठबन्धन दलहरूबीच निर्वाचन हुने हुँदा चुनाव चिह्नमा समस्या हुने गरेको भए पनि अहिले त्यस्तो समस्या नरहेकाले पनि बदर मत केही घटेको हुन सक्ने सूचना अधिकारी कुँवरले बताए । यद्यपि उल्लेख्य रूपमा भने नघटेको उहाँको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसको आरोप : राज्य संरक्षित गिरोहबाट भय र भ्रम फैलाइँदैछ

कांग्रेसको आरोप : राज्य संरक्षित गिरोहबाट भय र भ्रम फैलाइँदैछ

नेपाली कांग्रेसले सरकार राज्यका निकाय दुरुपयोग गरेर भय र भ्रम फैलाउने तथा प्रतिपक्षी आवाज दबाउनेतर्फ उद्यत भएको आरोप लगाएको छ।
नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बुधबार आईजीपी नियुक्त भएका केसीलाई गृहमन्त्री सुधन गुरूङले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ।