नेभिगेशन
समाज

ओलीलाई समवेदना दिदै बालेनले भने, ‘पिताजस्तो देवता कोही छैन, पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गरेका छन् । 

उनले पीताजस्तो रक्षक। गुरु र देवता कोही नहुने बताए । ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन। पात्र एक, भूमिका अनेक।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले केही समयअघि आफूले पनि पिता गुमाएको उल्लेख गर्दै पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ भन्ने आफूलाई महसुस भएको बताएका छन् । 

Ncell
Extreme Energy

उनले भने, ‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ – पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ। पूर्व प्रधानमन्त्री केपी शर्मा ज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु। पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस् ।’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आज निधन भएको हो । ९७ वर्षको उमेरमा आज भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रोशी खोलाले गर्‍यो सतर्कता तह पार

रोशी खोलाले गर्‍यो सतर्कता तह पार

काभ्रेपलाञ्चोकको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

भारी वर्षाको सम्भावना सर्‍यो बागमतीदेखि सुदूरपश्चिमतर्फ

नेपालको मौसममा अहिले तीनवटा पानी पार्ने प्रणालीको असर देखिएको छ।
अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

अष्ट्रेलियाका प्रधानमन्त्रीले भेटे बालेन, नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाहसँग अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भेट गरेका छन् ।