नेभिगेशन
समाज

निर्माण पश्चात् यस्तो देखियो, नेपालगञ्ज विमानस्थलको अत्याधुनिक टर्मिनल भवन(तस्बिरहरु)

काठमाडौँ । नेपालगञ्ज विमानस्थलको अत्याधुनिक टर्मिनल भवन निर्माण कार्य सम्पन्न भएको छ । तोकिएको समयअघि निर्माण सकिएको उक्त भवन नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनालाई हस्तान्तरण गर्न भने बाँकी नै रहेको छ ।

नागरिक उडड्यन प्राधिकरणका अनुसार भैरहवा र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभन्दा गुणस्तरीय भवन निर्माण गरिएको जानकारी दिएको छ । काठमाडौँपछिको ठूलो विमानस्थल मानिएको नेपालगञ्ज विमानस्थालबाट भारतको प्रमुख सहर दिल्ली, लखनउ उडान गर्ने उद्देश्य सहित नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन अन्तरराष्ट्रिय स्तरको निर्माण गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालगञ्ज विमानस्थल टर्मिनल भवन म्याद सकिनुभन्दा करिब डेढ महिनाअघि शर्मा एण्ड कम्पनीले काम पूरा गरेको हो  कुल लागत रु २ अर्ब ९८ करोड रहेको गुणस्तर रहेको आयोजनाले जानकारी दिएको छ ।

Ncell
Extreme Energy

अत्याधुनिक प्रविधि र सुविधा समेटिएको भवनले 'पिकआवर'मा प्रतिघण्टा एक हजार ६०० यात्रुलाई सेवा दिन सक्ने बताइएको छ । विसं २०७९ पुसदेखि काम सुरु गरेको निर्माण कम्पनीले तीन वर्ष अर्थात् आगामी पुसमा सक्नेगरी तीव्रता दिएको थियो । टर्मिनल भवन सेमी बेसमेन्टसहित तीन तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ ।

पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु चेकजाँच काउन्टर १४, भिआइपी कक्ष तीन, बच्चाका लागि खेल्ने क्षेत्र (चिल्ड्रेन प्लेइङ एरिया) एक, भन्सार र क्वारेन्टिइन चेकजाँचका लागि अलगअलग कक्ष निर्माण गरिएका छन् ।

नयाँ टर्मिनल भवनभित्र बगैँचाका साथै पाँचदेखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको पेरिफेरिमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको व्यवस्थापनसमेत गरिएको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

nepalgunj-airport7-1773721705.jpg

nepalgunj-airport6-1773721705.jpg

nepalgunj-airport4-1773721703.jpg

nepalgunj-airport5-1773721704.jpg

nepalgunj-airport-1773721701.jpg

nepalgunj-airport1-1773721701.jpg

nepalgunj-airport2-1773721702.jpg

nepalgunj-airport3-1773721702.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...
राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपतिले भने– भोटेकोशी बाढीपीडितको व्यवस्थापन र पुनर्निर्माण तीव्र पार्नू

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

विपद्पछिको पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेले थाले छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारहरूसँग छलफल गरेका छन्।

भर्खरै