नेभिगेशन
सबै कुरा

एसिया कपबारे ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

एसिया कपमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । क्रिकेटप्रेमी नेपालीहरु खेलकाे प्रतिक्षामा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत खेलाडीहरुलाई भिडियो कल गरेर शुभकामना दिईसकेका छन् । एसिया कप के हो र खेल समिकरण कसरी मिलाईएको छ, बुझ्नुहोस् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एसिया कपको आयोजक को हो ?

Marvel

एसिया कप २०२३ को मूल आयोजक पाकिस्तान हो । तर राजनीतिक कारणले भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि श्रीलंका पनि सहआयोजक भएको छ । त्यसैले एसिया कपका खेल पाकिस्तान र  श्रीलंकामा हुँदैछन् । फाइनल खेल श्रीलंकामा हुने छ ।

एसिया कप कुन  फर्म्याटमा खेलाइन्छ ?

एसिया कप २०२३ का खेलहरु ५० ओभरका हुनेछन् । सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप हुन लागेको हो ।

एसिया कपको समूह विभाजन र खेल समिकरण कसरी मिलाइएको छ ?

एसिया कपमा ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।

प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन् ।  प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–फोर चरणमा प्रवेश गर्नेछन् ।  त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् । र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन् ।

एसिया कपमा कुन कुन टिम  सहभागी छन् ?

अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपाल सहित ६ देश एसिया कप २०२३ मा सहभागी छन् ।

एसिया कप कुन कुन समयमा खेलाइन्छ ?

बुधाबार अपरान्ह ३ः१५ मा नेपालले मुल्तानमा पाकिस्तानसँग खेलेर सुरु हुने प्रतियोगिताको फाइनल खेल भदौ ३१ मा श्रीलंकामा हुनेछ । 

एसिया कपको खेल तालिका यस्तो छ :

नेपाल भर्सेस पाकिस्तान – भदौ १३ (पाकिस्तान, मुल्तान)

बंगलादेश भर्सेस श्रीलंका – भदौ १४ (श्रीलंका, क्यान्डी)

पाकिस्तान भर्सेस भारत – भदौ १६ (श्रीलंका, क्यान्डी)

बंगलादेश भर्सेस अफगानिस्तान – भदौ १७ (पाकिस्तान, लाहोर)

नेपाल भर्सेस भारत – भदौ १८ (श्रीलंका, क्यान्डी)

अफगानिस्तान भर्सेस श्रीलंका – भदौ १९ (पाकिस्तान, लाहोर)

सुपर फोर – भदौ २० देखि भदौ २९ सम्म 

फाइनल – भदौ ३१

सबै खेल नेपाली समय अनुसार अपरान्ह ३ः१५ मा सुरु हुने छन् । 


एसिया कपमा नेपाल कुन कुन टिमसँग खेल्दै छ ?

समुह चरणमा नेपाल बुधबार मुल्तानमा पाकिस्तानसँग खेल्ने छ भने भदौ १८ गते भारतसँग श्रीलंकामा खेल्ने छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

जनकपुरले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १९ रनको हार व्यहोरेको थियो । काठमाण्डुले दिएको एक सय १६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...

भर्खरै