नेभिगेशन
सबै कुरा

एसिया कपबारे ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

एसिया कपमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । क्रिकेटप्रेमी नेपालीहरु खेलकाे प्रतिक्षामा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत खेलाडीहरुलाई भिडियो कल गरेर शुभकामना दिईसकेका छन् । एसिया कप के हो र खेल समिकरण कसरी मिलाईएको छ, बुझ्नुहोस् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एसिया कपको आयोजक को हो ?

Ncell
Extreme Energy

एसिया कप २०२३ को मूल आयोजक पाकिस्तान हो । तर राजनीतिक कारणले भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि श्रीलंका पनि सहआयोजक भएको छ । त्यसैले एसिया कपका खेल पाकिस्तान र  श्रीलंकामा हुँदैछन् । फाइनल खेल श्रीलंकामा हुने छ ।

एसिया कप कुन  फर्म्याटमा खेलाइन्छ ?

एसिया कप २०२३ का खेलहरु ५० ओभरका हुनेछन् । सन् २०१८ पछि पहिलोपटक ५० ओभरको एसिया कप हुन लागेको हो ।

एसिया कपको समूह विभाजन र खेल समिकरण कसरी मिलाइएको छ ?

एसिया कपमा ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।

प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन् ।  प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–फोर चरणमा प्रवेश गर्नेछन् ।  त्यहाँ चार टिमले एक अर्कासँग खेल्नेछन् । र शीर्ष दुई टिम फाइनलका लागि छनोट हुनेछन् ।

एसिया कपमा कुन कुन टिम  सहभागी छन् ?

अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपाल सहित ६ देश एसिया कप २०२३ मा सहभागी छन् ।

एसिया कप कुन कुन समयमा खेलाइन्छ ?

बुधाबार अपरान्ह ३ः१५ मा नेपालले मुल्तानमा पाकिस्तानसँग खेलेर सुरु हुने प्रतियोगिताको फाइनल खेल भदौ ३१ मा श्रीलंकामा हुनेछ । 

एसिया कपको खेल तालिका यस्तो छ :

नेपाल भर्सेस पाकिस्तान – भदौ १३ (पाकिस्तान, मुल्तान)

बंगलादेश भर्सेस श्रीलंका – भदौ १४ (श्रीलंका, क्यान्डी)

पाकिस्तान भर्सेस भारत – भदौ १६ (श्रीलंका, क्यान्डी)

बंगलादेश भर्सेस अफगानिस्तान – भदौ १७ (पाकिस्तान, लाहोर)

नेपाल भर्सेस भारत – भदौ १८ (श्रीलंका, क्यान्डी)

अफगानिस्तान भर्सेस श्रीलंका – भदौ १९ (पाकिस्तान, लाहोर)

सुपर फोर – भदौ २० देखि भदौ २९ सम्म 

फाइनल – भदौ ३१

सबै खेल नेपाली समय अनुसार अपरान्ह ३ः१५ मा सुरु हुने छन् । 


एसिया कपमा नेपाल कुन कुन टिमसँग खेल्दै छ ?

समुह चरणमा नेपाल बुधबार मुल्तानमा पाकिस्तानसँग खेल्ने छ भने भदौ १८ गते भारतसँग श्रीलंकामा खेल्ने छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...