नेभिगेशन
समाज

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने

काठमाडौँ । जुम्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ ।

जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका आठ वटै स्थानीय तहका कक्षा ६ का एक हजार १६५ र विद्यालय नजाने १० वर्ष उमेरका ११२ गरी एक हजार २७७ जनालाई एचपिभी खोप दिने तयारी भएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरणकुमार शर्माले जानकारी दिए । उनका अनुसार खोप सञ्चालनका लागि ८४ वटा खोप केन्द्र कायम गरिएको छ ।

Ncell
Extreme Energy

उक्त अभियानमा चन्दननाथ नगरपालिकामा २७७, तातोपानी गाउँपालिकामा १६४, गुठिचौरमा ७७, पातारासीमा २२१ जना छात्रालाई एचपिभी खोप दिने कार्यालय प्रमुख शर्माले जानकारी दिए ।

त्यसैगरी तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाका ५३८ जनालाई खोप दिने उनले बताए । खोप अभियान विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्षका किशोरीलाई लक्षित गरेर सञ्चालन गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
योगेश भट्टराईको प्रस्ताव : ओलीले नेतृत्व हस्तान्तरण गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ

योगेश भट्टराईको प्रस्ताव : ओलीले नेतृत्व हस्तान्तरण गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट सम्मानजनक रूपमा विदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव गरेका छन्।
हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टी र आन्दोलनको अवस्था ‘ठिकठाक’ नरहेको भन्दै नेतृत्वले वर्तमान सत्य स्वीकार गरेर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
गोकर्ण विष्टले केन्द्रीय कमिटी बैठकमा उठाए ६ प्रश्न

गोकर्ण विष्टले केन्द्रीय कमिटी बैठकमा उठाए ६ प्रश्न

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचनमा पराजय व्यहोरेको आठ महिनापछि प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषय अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा राख्नु अनुचित भएको बताएका छन्।
प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन् ।

भर्खरै