नेभिगेशन
समाज

ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ ।

कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइए पनि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादनमा व्यापक क्षति पुगेको जनाइएको छ, जसले विश्व ऊर्जा आपूर्तिमा अनिश्चितता थपेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृह मन्त्रालयका अनुसार नागरिक सुरक्षा टोलीले आगलागी नियन्त्रणमा लिए पनि साइट सुरक्षित बनाउने र चिस्याउने काम जारी छ । यसैबीच, इरानले यस वर्षको सुरुतिर भएको अशान्तिका क्रममा प्रहरी अधिकारीहरूको हत्या गरेको र अमेरिका तथा इजरायलको पक्षमा काम गरेको आरोपमा तीन जनालाई मृत्युदण्ड दिएको जनाएको छ ।

Ncell
Extreme Energy

उता, कतारले आक्रमणको प्रतिक्रियास्वरूप केही इरानी कूटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ । द्वन्द्वको तनाव थप चर्किँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भए इरानको विशाल दक्षिण पार्स ग्यास क्षेत्र नै ध्वस्त पार्ने चेतावनी दिएका छन्।

ट्रम्पले इजरायलले सो क्षेत्रमा आक्रमण गरेको पुष्टि गरे पनि अमेरिकालाई त्यसबारे जानकारी नभएको दाबी गरेका छन्। यता, इरानले पनि आफ्नो ऊर्जा पूर्वाधारमा थप आक्रमण भए खाडी क्षेत्रका तेल र ग्यास उद्योग पूर्ण रूपमा नष्ट गर्ने चेतावनी दिएको छ ।

क्षेत्रीय शक्तिहरू पनि क्रमशः सक्रिय बन्दै गएका छन् । साउदी अरेबियाले इरानबाट भइरहेका मिसाइल र ड्रोन आक्रमणको जवाफमा आवश्यक परे सैन्य कारबाही गर्न पछि नहट्ने जनाएको छ । संयुक्त अरब इमिरेट्सले मिसाइल अवरोधका क्रममा खसेको भग्नावशेषका कारण आफ्ना केही ग्यास सुविधा बन्द गर्नुपरेको बताएको छ ।

यसै क्रममा होर्मुज जलडमरू नजिकै एक जहाजमा प्रक्षेप्य लाग्दा आगलागी भएको खबर आएको छ, जसले अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षामा चिन्ता बढाएको छ । युद्धको प्रभाव हवाई सेवामा पनि परेको छ । हङकङस्थित क्याथे प्यासिफिकले दुबई र रियादका उडानहरू अप्रिल अन्त्यसम्म स्थगित गर्ने निर्णय गरेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ऊर्जा र पानीजस्ता नागरिक पूर्वाधारमाथि आक्रमण रोक्न तत्काल कदम चाल्न आग्रह गर्दै सम्बन्धित पक्षहरूसँग छलफल गरिएको जानकारी दिए । स्थलस्थितिमा पनि हिंसा जारी छ ।

इजरायलमा इरानी मिसाइल आक्रमणका क्रममा एक जनाको मृत्यु भएको पुष्टि भएसँगै मृतक सङ्ख्या १५ पुगेको छ । वेस्ट बैंकमा मिसाइलको भग्नावशेष खस्दा तीन प्यालेस्टिनी महिलाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर रहेको बताइएको छ । यो द्वन्द्वमा प्यालेस्टिनीहरूको मृत्यु भएको पहिलो घटना मानिएको छ ।

इराकमा इरान समर्थक कातेब हिजबुल्लाह समूहले केही सर्तसहित अमेरिकी दूतावासमाथि आक्रमण पाँच दिनका लागि रोकेको जनाएको छ । उता, कुवेतले हिजबुल्लाहसँग सम्बद्ध १० जनालाई महत्त्वपूर्ण पूर्वाधारमा आक्रमणको षड्यन्त्र गरेको आरोपमा पक्राउ गरेको छ ।

युद्धका क्रममा इजरायलले वरिष्ठ इरानी अधिकारीहरूलाई लक्षित आक्रमण जारी राख्ने जनाएको छ । इरानी गुप्तचर मन्त्री इस्माइल खातिबको हत्या भएको दाबी गर्दै इजरायली सेनाले यस्तो अभियान नरोकिने स्पष्ट पारेको छ । यसै सन्दर्भमा इरानका सर्वोच्च नेता मोजताबा खामेनीले आक्रमणमा संलग्न पक्षले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए।

यसबीच, साउदी राजधानी रियादमा फेरि विस्फोट सुनिएको छ भने रक्षा मन्त्रालयले ग्यास प्लान्टतर्फ गइरहेको ड्रोन नष्ट गरिएको जनाएको छ । युद्धकै प्रभावस्वरूप अमेरिकी फेडरल रिजर्भले आर्थिक अनिश्चितता बढेको उल्लेख गर्दै मुद्रास्फीतिको अनुमान बढाएको छ र ब्याजदर यथावत राखेको छ, जसले द्वन्द्वको विश्व अर्थतन्त्रमा पर्ने प्रभाव थप प्रस्ट पारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
योगेश भट्टराईको प्रस्ताव : ओलीले नेतृत्व हस्तान्तरण गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ

योगेश भट्टराईको प्रस्ताव : ओलीले नेतृत्व हस्तान्तरण गरेर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट सम्मानजनक रूपमा विदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव गरेका छन्।
हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ- सुहाङ नेम्वाङ

नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टी र आन्दोलनको अवस्था ‘ठिकठाक’ नरहेको भन्दै नेतृत्वले वर्तमान सत्य स्वीकार गरेर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
गोकर्ण विष्टले केन्द्रीय कमिटी बैठकमा उठाए ६ प्रश्न

गोकर्ण विष्टले केन्द्रीय कमिटी बैठकमा उठाए ६ प्रश्न

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचनमा पराजय व्यहोरेको आठ महिनापछि प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषय अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा राख्नु अनुचित भएको बताएका छन्।
प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन् ।

भर्खरै