नेभिगेशन
समाज

मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर बढेको नागरिक समाजको निष्कर्ष

काठमाडौँ । नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढेको निष्कर्ष निकालेको छ । 

शुक्रबार काठमाडौँमा निर्वाचन पर्यवेक्षणका निष्कर्ष सार्वजनिक गर्दै नागरिक समाजले मतदाता शिक्षा सामाग्री वितरण र पहँचमा क्षेत्रगत असमानता रहेको पाइएको र मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढेको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै मतदाता नामावली त्रुटिपूर्ण रहेको, मतदानका दिनसम्म पनि मतदान केन्द्रको ३०० मिटर परिधिमित्र प्रचार सामाग्री नहटाइएको पाइएको गैरसरकारी संस्था महासंघ, नेपाल तथा नागरिक समाज प्रतिनिधिमण्डलका अध्यक्ष अर्जुन कुमार भट्टराईले जानकारी दिए । 

Ncell
Extreme Energy

त्यस्तै उनले निर्वाचन खर्चको पारदर्शीताका साथै वैध स्रोतबारे अध्ययन गर्न निर्वाचन आयोगलाई सुझाव दिए । निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायबीच समन्वय सुदृढका साथै बढ्दो खर्च घटाउनेतर्फपनि आगामी दिनमा पहल गरिनुपर्ने उनले बताए । 

त्यसैगरि समाजले निर्वाचन सम्बन्धी कानून र ऐनहरु संशोधन गरि अन्तरजिल्ला र देश बाहिर रहेका नेपाली नागरिकलाई मतदान सुनिश्चितको व्यवस्था गर्न पनि सुझाव दिएको छ भने बिभिन्न चूनौतिकाबीच तोकिएको समयमा नै निर्वाचन सम्पन्न गरेर सरकारले लिएको दायित्व जिम्मेवारीपूर्णक सम्पन्न गरेको निष्कर्ष निकालेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
दसैँअघि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुंग्याउन शिक्षामन्त्रीको निर्देशन

दसैँअघि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुंग्याउन शिक्षामन्त्रीको निर्देशन

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधनको प्रक्रिया दसैँअघि नै टुंग्याउन मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन्।
चिनियाँ राष्ट्रपति ११ वर्षपछि अमेरिका पुगे, परम्परा तोड्दै ट्रम्पले एयरपोर्टमै गरे दुर्लभ स्वागत

चिनियाँ राष्ट्रपति ११ वर्षपछि अमेरिका पुगे, परम्परा तोड्दै ट्रम्पले एयरपोर्टमै गरे दुर्लभ स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।

भर्खरै