नेभिगेशन
सबै कुरा

अध्यागमनका तत्कालिन् महानिर्देशक झलकरामलाई अख्तियारले भरायो ‘१३ पन्ने’, सीआईबीले बयान लिने

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग सम्बन्ध रहेका अध्यागन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘१३ पन्ने’ विवरण भराएको छ । अख्तियार स्रोतका अनुसार अधिकारीलाई अहिले दैनिक अख्यितारको विशेष समितिले सोधपुछ गरिरहेको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले अवैध बाटोबाट अकुत सम्पत्ति कमाएको शंका लागेमा अख्तियारले सम्पत्ति मूल्याङ्कन तथा अनुसन्धान गर्न १३ पन्ने (४ खण्डमा रहेको) विवरण भराउँछ । 

Global Ime Bank

अधिकारीले सुन तस्करीका नाइके भनिएका दावासँग गरेको संवाद सिधाकुराले सार्वजनिक गरेको थियो । त्यस लगत्तै उनलाई गृहमन्त्रालयमा तानेर जगेडामा राखिएको छ । 

सिधाकुरा प्रभाव : अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए

उनले दावा छिरिङसँग वी–च्याटमार्फत धेरै पैसाको ठूलो काम भएको कुरा मात्रै गरेका थिएनन्, सुन ल्याउने गरेको पानी तान्ने मोटरको तस्विर र भन्सार जाँचपास गराउने कागजपत्र समेत पठाएका थिए । स्रोतका अनुसार अधिकारी र दावाको वी–च्याट संवाद अझै लामो छ । दावासँगको वी–च्याट संवाद सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले अधिकारीको बयान लिने तयार गरेको छ । सीआईबी स्रोतका अनुसार दावाको मोवाइलको फरेन्सिक रिपोर्टमा अधिकारी र दावाले वी–च्याटमा संवाद गरेको भेटिएपछि उनलाई सीआईबीमा बोलाइएको छ । 

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

के हो अधिकारीलाई अख्तियारले भराएको ‘१३ पन्ने’ ?

निजामती कर्मचारीहरुलाई चार पन्नाको सम्पत्ती विवरण भराइन्छ । त्यसभन्दा पनि अझै विस्तृत सम्पत्ती विवरण खोज्नुपरेमा अख्तियारले १३ पाना मा ४ खण्डमा रहेका विवरणहरू भराउँछ । यो १३ पाना भनेको व्यक्तिको सम्पत्ती विवरण जाँच्न तथा शंकास्पद व्यक्तिको सम्पूर्ण आय व्ययको विवरण भर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनाएको फारम हो । सार्वजनिक पद धारणा गरेका व्यक्तिले अवैधानिक बाटोबाट अकुत सम्पत्ति कमाएको शंकामा सम्पत्ति मूल्यांकन तथा अनुसन्धान गर्न १३ पाना भराइन्छ । 

१३ पृष्ठ लामो फारममा आफ्नो श्रीमान र श्रीमतीदेखि छोराछोरीसम्म, दाइ, भाउजू, भाइ बुहारीदेखि दिदीबहिनी लगायत परिवारका सम्पूर्ण सदस्यहरुको शिक्षा, स्वास्थ्य, विवाह लगायत विभिन्न शीर्षकमा गरेको सबै खर्च भर्नुपर्छ । यस्तै विवाहित दिदी बहिनी तथा छोरीहरुका श्रीमानको समेत विवरण भर्नुपर्छ । पुरुषले ससुरालीतर्फका सासु ससुरादेखि सालासाली, जेठान, जेठी सासुदेखि उनीहरु विवाहित भए उनीहरुको श्रीमानको समेत सम्पूर्ण विवरण भर्नुपर्ने हुन्छ । यसरी भरेको हरेक विवरणमा पेशा, आम्दानी लगायतका विषय उल्लेख गर्नुपर्छ । 

यस्तै कर्मचारी तथा पदाधिकारीहरुले उक्त पदमा नियुक्त भएको समय, बढुवा, काज सरुवा, विदेश भ्रमण गर्दा थप आम्दानी भएको भए त्यसको विवरण प्रमाण सहित भर्नु पर्छ । यतिमात्र होइन सार्वजनिक पद धारण गर्नुपूर्वको सम्पत्ती र आम्दानी प्रष्टसँग लेख्नुपर्छ । त्यसपछि आम्दानी भएको सम्पत्ति, घरघडेरी किनेको छ भने स्रोतसहित विवरण , बैंक वा वित्तिय संस्थामा रहेको पैसा तथा खाता नम्बर, लकरको विवरण खुलाउनु पर्छ ।

यस्तै ऋण लिएको र तिरेको विवरण पनि खुलाएको हुनुपर्छ । कुनै व्यावसाय वा फर्ममा लगानी भए त्यहाँको आम्दानी र खर्चको विवरण समेत पेश गर्नुपर्ने हुन्छ । साथै सुनचाँदीदेखि घरका लागि तथा सुविधाका लागि खरिद भएका मोबाइल, गाडी, टिभी, कम्प्युटर जस्ता सबै विवरण खुलाएपछि १३ पाना सकिन्छ ।

र फारमको अन्तिममा ‘माथि लेखिएका विवरण ठीक साँचो हो । यसमा उल्लेख गरे बाहेक मैले कुनै सम्पत्ति वा विवरण यस फाराममा उल्लेख नगरेको वा लुकाएको छैन । लुकाएको वा छिपाएको प्रमाणित हुन आएमा कानून बमोजिम सजाय भोग्न तयार छु,’ लेखेर दस्तखत गर्नुपर्छ । 

कसरी जाँचिन्छ १३ पानाबाट सम्पत्ती

सार्वजनिक पद धारण गरेको व्यक्तिले अकुत सम्पत्ति कमाएको आरोपमा १३ पाना भराइएपछी उसको सम्पत्ति विवरण आयोगलाई जानकारी हुन्छ । आयोगले उक्त फारममा भरेको विवरण अनुसार उसको आम्दानी र खर्चको हिसाब निकाल्छ । यसरी हिसाब निकाल्दा आम्दानीभन्दा बढी खर्च वा सम्पत्ति देखिएमा उ कारबाहीको भागिदार बन्छ । 

यस्तै कुनै आम्दानीको स्रोत देखाउन नसकेमा पनि कारबाहीको भागिदार बन्नुपर्ने हुन्छ । आयोगले थप शंका लागेमा १३ पानामा भरेको विवरणअनुसार उसको सम्पत्तिको खोजी गर्छ । यदि उसको नाममा वा उसको परिवार वा आफन्तका नाममा उसले सम्पत्ति राखेर नखुलाएको भेटिएमा अख्तियारले मुद्दा चलाउँछ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...