नेभिगेशन
मुख्य समाचार

७ दिनभित्र दर्ता हुन नआए सामाजिक सञ्जाल बन्द हुन्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पारेका छन् । 

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीससँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रुपमा आह्वान गरिसकेको भन्दै सरकारले तोकेको समयमा दर्ता नभए सामाजिक सञ्जाल बन्द गरिने बताएका हुन् । 

उनले यसअघि पटक–पटक दर्ताका लागि मौका दिएपनि केहि सामाजिक सञ्जाल अझै नेपालमा दर्ता नभएकाले अब अन्तिम पटकका लागि दर्ता गर्न आह्वान गरिएको बताए । 

भाद्र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

पिपलचौरीबाट लालपत्ता तर्फ आउँदै गरेको स.१त ५४३५ नम्बरको थ्रेसर जडित ट्याक्टरबाट खस्दा त्रियुगा ५ का ५८ वर्षीय दमशेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै गरेका सर्वसाधारण(तस्बिरहरु)

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै गरेका सर्वसाधारण(तस्बिरहरु)

आइतबार केही समय सर्भरमा समस्या आउँदा केही भीड देखिए पनि नामावली दर्ता गर्न भने त्यति धेरै समय नलाग्ने र झन्झट नरहेको सहभागीहरुले बताएका छन् ।
संविधान र लोकतन्त्रलाई उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल पार्नुपर्छः राष्ट्रपति पौडेल

संविधान र लोकतन्त्रलाई उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल पार्नुपर्छः राष्ट्रपति पौडेल

आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत...
लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

प्रहरीले ९२० मिलिग्राम, नगद रु ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली बरामद गरेको छ ।

भर्खरै