नेभिगेशन
नेताका कुरा

गगनले देखेको र कांग्रेसले नबुझेको नैतिकता

काठमाडौँ । नैतिकता व्यक्तिमा मात्रै हुन्छ कि संस्थामा पनि ? कांग्रेसको पछिल्लो निर्णयपछि राजनीतिक वृत्तमा यो प्रश्न निकै जोडतोडले उठेको छ ।

प्रतिनिधिसभा चुनावमा आफू र पार्टीले नराम्रो पराजय भोगेपछि कांग्रेस सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिए । उनले राजीनामा पत्रमा लेखे– नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको छु ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थापाले राजीनामा दिएपछि उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठक बोलाए । दुई दिन छलफल चलाए । छलफल गगनको राजीनामामा भन्दा गगनको राजीनामा किन अस्वीकृत गरिनुपर्छ भन्ने विश्वप्रकाशकै प्रस्तावमाथि केन्द्रित भयो ।

Ncell
Extreme Energy

गगनको राजीनामा स्वीकृत गरिनु हुँदैन भनेर शर्माले ७ वटा तर्क पेस गरेका थिए । अहिलेको नेतृत्वका कारण कांग्रेसले पराजय भोग्नु परेको होइन, पछिल्लो एक दशकमा तत्कालीन नेतृत्वले बिगारेको अवस्था र संगठन सुधारका लागि ५० दिन पर्याप्त भएन जस्ता तर्क शर्माले पेस गरे, केन्द्रीय समितिले सर्वसम्मत सहमति जनायो । अन्ततः आइतबार साँझ सकिएको बैठकले गगनको राजीनामा अस्वीकृत गर्यो ।

दुई दिनसम्म चलेको बैठकमा गगन सहभागी भएनन् । अब बस्ने केन्द्रीय समिति बैठकको अध्यक्षता भने थापाले गर्नेछन् । यसको अर्थ सभापतिकै रुपमा थापा सक्रिय हुने छन् । सिधा अर्थमा भन्नुपर्दा पन्ध्रौं महाधिवेशन गगनले नै गराउने छन्, नियमित महाधिवेशनबाट पनि गगन पुनः सभापतिमा चुनिन सक्छन् ।

सामान्य रुपमा राजीनामाको अर्थ हुन्छ– जिम्मेवारी त्याग्नु, पद त्याग्नु वा आफूले सम्हाल्दै आएको जिम्मेवारीबाट अलग हुनु । सामान्यतया यो राजीखुसी हुन्छ । गगन स्वयंले राजीखुसीले दिएको राजीनामालाई कांग्रेसले स्वीकारेन । यसको अर्थ गगनले आफूमा जुन नैतिकता देखे, त्यसलाई कांग्रेसले देखेन ।

केन्द्रीय समितिले गगनको राजीनामा स्वीकृत नगर्नुमा मुख्य गरी दुईटा कारण छन् ।

पहिलो– गगन मात्रै नभई यो चुनावमा सिंगो कांग्रेस केन्द्रीय समिति ‘फेल’ भएको हो । किनभने यो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति हो । त्यसैले केन्द्रीय समितिले आफ्नो असफलतालाई ढाकछोप गर्यो ।

दोस्रो– अहिलेकै समिति पन्ध्रौं महाधिवेशन गराउन चाहन्छ र महाधिवेशनबाट नवीकरण हुन चाहन्छ । अहिले गगनले छाडिदिए भने वर्तमान समिति कमजोर हुन्छ । क्रियाशील सदस्यता वितरण र नवीकरणदेखि सबै तहका अधिवेशनमा प्रभाव जमाउन पनि गगन चाहिन्छ ।

चुनावी नतिजा अनि त्यसपछि उत्पन्न परिस्थितिका कारण विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व दबाबमा परिरहँदा विशेष महाधिवेशनलाई स्वीकार्न नसकेको पक्ष भने ‘उत्साहित’ छ । त्यो पक्षले अहिले ‘खुच्चिङ’ भनिरहेको छ ।

एकातिर गगनकै हस्ताक्षरमा टिकट लिएर चुनाव लड्ने अर्कातिर हारेर आइसकेपछि नेतृत्वलाई नै दोष लगाउने नेताहरुको संख्या बढ्दै गएको छ । अपदस्थ सभापति शेरबहादुर देउवा पक्षसँगै शेखर कोइराला पक्ष पनि मिसिएको छ । देउवा–कोइराला पक्ष त यति उत्साहित भएको छ कि चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई सक्रिय बनाउने तरखर गरिरहेका छन् ।

समग्रमा नैतिकता कांग्रेसबाट मात्रै होइन, आफूलाई कांग्रेसका नेता भन्नेहरु सबैबाट हराउँदै छ । चुनावमा सर्मनाक हार खेप्नु पर्दा पनि विशेष महाधिवेशन पक्षले आफूमा नैतिकता देखेन । निर्वाचन आयोग र अदालतबाट समेत आधिकारिकता गुमाउँदासमेत देउवा–शेखर पक्षले आफूमा नैतिकता देखेन ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।
राष्ट्रपतिले जारी गरे  दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।
खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन्। महिलालाई अश्लील गाली गलौज गरेको अडियो बाहिरिएपछि पार्टीले पदीय हैसियतामा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

डा. विजय पौडेलको निधनमा घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।